Headlines News :
Home » » तीतो सत्य, जिरे खुर्सानी र मेरी बास्सै संकटमा

तीतो सत्य, जिरे खुर्सानी र मेरी बास्सै संकटमा

###
काठमाडौं । नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको चर्चित हाँस्य टेलिश्रृंखलाहरु बिस्तारै संकटमा पर्न थालेका छन् । कहिले कलाकारबीचको मनमुटाव तथा शीतयुद्ध त कहिले आर्थिक संकटले हाँस्य टेलिश्रृंखलाहरु संकटमा पर्ने थालेका हुन् ।

दर्शकबाट सहानुभूति पाएपनि कलाकारहरुले पारिश्रमिक नपाउने नोपाली कला क्षेत्रमा नयाँ होइन । पारिश्रमिकको विषयमा लफडाहरु यस क्षेत्रमा थुप्रै छन् ।

विवादमै टुक्रियो ‘मेरी बास्सै’

पछिल्लो समय कलाकारबिचको शीत युद्ध तथा पारिश्रमीककै कारण चर्चित हाँस्य टेलिश्रृंखला मेरी बास्सैमा चर्को विवाद देखियो ।

आन्तरिक विवाद र पारिश्रमिकको लफडामा मेरी बास्सैबाट चर्चाको शिखरमा पुगेका निर्देशक तथा कलाकार केदार घिमिरे ‘माग्नेबुढा’ र कलाकार विल्सनविक्रम राई ‘तक्मे बुढा’ले मेरी बास्सै छाडे ।

मिडिया हव मोटायो, कलाकार हेर्‍या–हेर्‍यै

चर्चित कार्यक्रमहरु प्रर्वद्धन गरिरहेको मिडिया हवले पारिश्रमिक नदिएको आरोपहरु मिडिया हवलाई कलाकारहरुले लगाउँदै आएको बेला चर्चित हाँस्य टेलिश्रृखलाहरु संकटमा परेको समाचारले कलाकारको आरोपलाई बल पु¥याएको छ ।

मेरी बास्यैका कलाकारहरु, माग्नेबुढा र तक्मेबुढाले पारिश्रमिक नपाएर ‘मेरी बास्सै’ छोडेको खवर बजारमा सेलाउन नपाउँदै अर्को टेलिश्रृंखला ‘तीतो सत्य’का निर्माता तथा कलाकार दिपकराज गिरीले ‘तीतो सत्य’को विषयमा विकल्प खोजेको समाचार बाहिरिनुले मिडिया हवमाथि अर्को प्रश्न तेस्र्याएको छ ।

अब अति भयो !

मिडिया हवले मेरी बास्सै, तीतो सत्य र जिरे खुर्सानीलाई लाखौं रुपैयाँ दिन बाँकी रहेको स्रोतको दाबी छ । नाम नबताउने सर्तमा एक कलाकारले भने, ‘लाखौं रुपैयाँ पारिश्रमिक लिन बाँकी हुँदा पनि कलाकारहरु आफूले सिरियलबाटै नाम कमाएको कारण मुख खोल्न सकेका थिएनन्, तर अब अति भयो ।’

अहिले आएर कलाकारहरुले बाध्य भएर उनीहरुले मुख खोलेको उनको भनाइ छ । हाँस्य टेलिश्रृंखलाबाट आएको ठूलो आर्थिक रकम मिडिया हवले अन्यत्रै लगानी गरेर आफूहरुलाई टाट पल्टाउने काम गरेको उनीहरुको गुनासो रहेको छ ।

‘तीतो सत्य’ अब कान्तिपुरमा ?

मिडिया हवको गैरजिम्मेवार हर्कतले गर्दा आफूहरु अफ्टेरोमा परेको भन्दै अब विकल्प खोज्नुपर्छ भन्नेमा ‘तीतो सत्य’का निर्माता तथा कलाकार दिपकराज गिरी पनि छन् ।

उनले आफूहरुले टेलिश्रृंखलाको विषयमा विकल्प सोच्ने बताएका छन् । उनले ‘तीतो सत्य’ कान्तिपुर टिभीबाट प्रशारण गर्ने विकल्प खोज्नसक्ने संकेत समेत गरेका छन् ।

मिडिया हवको निर्माण रहेको अर्को टेलिश्रृंखला ‘जिरे खुर्सानी’को हालत पनि उस्तै छ । जितु नेपाल र शिवहरी पौडेल निर्देशित सो सिरियलले मिडिया हबसँग लाखौं रुपैयाँ लिन बाँकी रहेको छ । श्रोत nepalsandesh.com
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar