Headlines News :
Home » » फलफूल खाने नेपाली एक प्रतिशत मात्रै !

फलफूल खाने नेपाली एक प्रतिशत मात्रै !

###
२३ भदौ, काठमाडौं । शरीरको आवश्यकताअनुसार फलफूल तथा हरियो तरकारी खाने नेपाली औसतमा एक प्रतिशत मात्र रहेको सरकारी तथ्यांकले देखाएको छ । ०६८ को जनगणनाअनुसार नेपालको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार पाँच सय चार छ ।
विश्व स्वास्थ्य संगठनको सहयोगमा स्वास्थ्य अनुसन्धान परिषद्ले सन् ०१३ मा गरेको नसर्ने रोगको जोखिम पक्षको सर्वेक्षणले स्वास्थ्य शरीर बनाउन महत्वपूर्ण मानिने फलफूल तथा हरियो तरकारी आवश्यकताअनुसार नखाने नेपालीको प्रतिशत ९८.९ देखाएको हो । फलफूल तथा हरियो तरकारी नखाँदा नेपालमा मुटु, क्यान्सर, मधुमेहलगायतका नसर्ने रोगहरुको जोखिम बढेको अध्ययनको निष्कर्ष निकालेको नयाँ पत्रिकामा खबर छ ।
विश्व स्वास्थ्य संगठनको स्वास्थ्य शरीरका लागि दैनिक हरियो तरकारी तथा फलफूल गरी कम्तीमा पाँच ‘सर्भिङ’ अर्थात चार सय ग्राम खानुपर्ने मापदण्ड तोकेको छ । यसमा फलफूल र तरकारी मिलाएर खान सकिन्छ । एक ‘सर्भिङ’ को मात्रा ८० ग्राम हुन्छ ।
दैनिक एक सर्भिङ अर्थात ८० ग्राम पनि फलफूल तथा तरकारी नखाने नेपाली २२ प्रतिशत, एकदेखि दुई सर्भिङ खाने ६३ प्रतिशत, तीनदेखि चार सर्भिङ खाने १४ प्रतिशत रहेको स्वास्थ्य अनुसन्धान परिषदले जनाएको छ । १५ वर्षदेखि ६९ वर्ष उमेर समूहका चार हजार एक सय ४३ जनामाथि परिषदले परिक्षण गरेको थियो ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar