Headlines News :
Home » » सामसङले ल्यायो विश्वको सबैभन्दा पहिलो डुअल स्क्रिन स्मार्टफोन

सामसङले ल्यायो विश्वको सबैभन्दा पहिलो डुअल स्क्रिन स्मार्टफोन

###
कोरियाको कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले गत बुधबार एकैसाथ थुप्रै उपकरणहरु लञ्च गरेको छ । जसमा घुम्ने स्क्रिन भएको स्मार्टफोन पनि समावेश छ । घुमाउन मिल्ने स्क्रिन भएका कारण यसमा एकैपटक दुईवटा स्क्रिनहरुको उपयोग गर्न सकिन्छ । ‘ग्यालेक्सी नोट एज’ मा ५.६ इन्चको स्क्रिन रहेको छ र यो दाहिने पट्टि झुकेको छ । कम्पनीका अनुसार यो स्मार्टफोनको बिक्रि सेप्टेम्बर–नोभेम्बरको बिचमा सुरु हुने बताइएको छ । यसमा एकैपटक इमेल र आएको एसएमएस चेक गर्न सकिन्छ । समाचारपत्र ‘स्ट्रेट टाइम्स’ का अनुसार, घुम्न सक्ने स्क्रिनमा विभिन्न एप्सहरुलाई नियन्त्रित गर्न सकिन्छ । यसमा मौसम सम्बन्धि सूचना र समाचारको शीर्षक एकैपटक हेर्न सकिन्छ । ग्यालेक्सी नोट एज सामसुङको एक अत्यन्त सफल फ्याब्लेट सामसुङ ग्यालेक्सी नोटको एउटा भिन्न हिस्सा हो ।

 थाहा पाउनुस् यसका अन्य विशेषताः
– यसमा ५.७ इन्चको ओलिड स्क्रिन रहेको छ ।
 – ग्यालेक्सी नोट एज संसारको पहिलो यस्तो स्मार्टफोन हो जसमा साइड स्क्रिन दिइएको छ ।
 – नोट एजमा अनुभवी प्रयोगकर्ताहरुका लागि स्टाइलस पनि दिइएको छ ।
– यसमा १६ जीबि, ३२ जीबि र ६४ जीबि मेमोरी अप्सन दिइएको छ ।
 यसका साथसाथै १२८ जीबि सम्मको मेमोरी बढाउन सकिन्छ । (एजेन्सी) -
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar