Headlines News :
Home » » सुन्दर पुरुषलाई डर लाग्दो समस्या

सुन्दर पुरुषलाई डर लाग्दो समस्या

###
सामान्य मान्यता के हो भने अधिकाँश महिला ह्याण्डसम पुरुषप्रति आकर्षित हुन्छन् । हालै गरिएको एक अध्यनले भने ह्याण्डसम पुरुषका बारेमा अनौठो कुरा बाहिर ल्याएको छ ।



द हेल्थमा प्रकाशित शोधका अनुसार जो पुरुष एकदम सुन्दर हुन्छन् उनीहरुको बिर्यको गुण त्यति राम्रो हुँदैन । शोधकर्ताहरुले महिलाहरुलाई आफ्नो पार्टनर छान्दा ह्याण्डसम पुरुष नखोज्न सुझाव समेत दिएका छन् ।

सुन्दर पुरुषको शरीरमा टेस्टोस्टेरोनको मात्रा बढि हुने र टेस्टेस्टेरोनको उत्पादन बढी हुँदा शुक्राणुको उत्पादनमा नकारात्मक असर पर्छ ।

यो शोधमा नयाँ प्रविधी लिंक्ड फर्टिलिटी हाइपोथेसिस (PLFH) को प्रयोगबाट सुन्दर पुरुषहरुको उत्पादन क्षमता सम्बन्धि अध्यन गरिएको थियो ।
handsome men 1
यो अध्यनमा भ्यालेन्सिया विश्वविद्यालयका ६२ जना छात्र सहभागी भएका थिए । सबै पुरुषलाई ३ देखि ५ सम्म दिनदिनै हस्तमैथुन गरेर विर्य संकलन गर्न लगाइएको थियो ।

सुन्दर देखिने यी युवाहरुको शरीरमा टेस्टोस्टेरोनको मात्रा बढि रहेको र शुक्राणुको उत्पादनमा समस्या रहेको देखियो । यो शोधले सुन्दर देखिने पुरुषको तुलनामा कम सुन्दर देखिने पुरुषको उत्पादक्त्व क्षमता बढी हुने निष्कर्ष निकालेको छ ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar