Headlines News :
Home » » कक्षा १२ को परीक्षाफल प्रकाशित

कक्षा १२ को परीक्षाफल प्रकाशित

###
भक्तपुर, असोज १२ - गएको बर्षको १२ कक्षाको विज्ञान बाहेकका सवै संकायको परीक्षाफल प्रकाशित भएको छ ।
उच्च माध्यमिक शिक्षा परिषदका अनुसार यसपटक नियमिततर्फ ३९ प्रतिशत र आंशिकतर्फ ३० प्रतिशत परीक्षार्थी पास भएका छन् ।
नियमिततर्फ सहभागी भएका १ लाख ९१ हजार ४ सय ९६ मध्ये ७४ हजार ७ सय ६४ जना र आंशिकतर्फ परीक्षा दिएका १ लाख ३६ हजार १ सय ५५ जनामध्ये ४० हजार ८ य २९ जना पास भएका परीक्षा नियन्त्रक दुर्गा अर्यालले जानकारी दिनुभयो । विज्ञान संकायको परीक्षाफल भने यसअघि नै सार्वजनिक भइसकेको छ ।
नियमिततर्फ ९९ जनाको परीक्षा रद्द भएको छ भने २२ जनाको स्थगित गरिएको छ । त्यस्तै आंशिकतर्फ १ सय ७ जनाको रद्द र १८ जनाको स्थगित भएको उहाँले जानकारी दिनुभयो ।
मोबाइलबाट एसएमएस गरी परीक्षाफल थाहा पाउन म्यासेज बक्समा HSEB टाइप गरी एक स्पेश दिएर आफ्नो सिम्बोल नम्बर लेखी ५५६६ मा पठाउनुहोस ।  यस्तै परीक्षाफल उच्च माध्यामिक शिक्षा परिषदको वेवसाइट र नेपाल टेलिकमको वेवसाइटबाट पनि थाहा पाउन सकिने छ ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar