Headlines News :
Home » » रुपन्देहीमा आँखा पाक्ने रोगको प्रकोप

रुपन्देहीमा आँखा पाक्ने रोगको प्रकोप

###
बुटवल, असोज १२ – रुपन्देही जिल्लामा विगत केही दिनदेखि आँखा पाक्ने प्रकोप बढेको छ । आँखा पाक्ने तथा आँखा रातो हुने रोगको प्रकोप बढ्दा आँखा अस्पतालहरुमा बिरामीको भीड बढेको छ । आँखा रोगको प्रकोप बढ्दै गएपछि रोगबाट प्रभावित बिरामी दैनिकरुपमा उपचारका लागि आँखा अस्पताल तथा निजी क्लिनिकमा उपचारका लागि धाउन थालेका छन् । आँखा पाक्ने रोगबाट विद्यालयमा साना विद्यार्थीदेखि, शिक्षक, कर्मचारी, अस्पतालका नर्स तथा सर्वसाधारणसमेत प्रभावित भएका छन् । यस क्षेत्रमा रहेका आँखाका निजी तथा संस्थागत अस्पतालहरुमा आँखा पाक्ने तथा आँखा रातो हुने बिरामीको सङ्ख्या बढ्दै गएको
अस्पतालहरुले जनाएका छन् । बिरामीमा आँखा पाक्ने रोगसँगै आँखा चिलाउने, आँखा रातो हुँदै जानेजस्ता लक्षणहरु देखिएका छन् । बुटवल लायन्स आँखा अस्पतालका नेत्र रोग विशेषज्ञ डा उपेन्द्र भारीले मौसम परिवर्तन हुने समय भएकाले आँखाका पाक्ने रोगीको प्रकोप बढेको बताउँछन् । अहिले बुटवल लायन्स आँखा अस्पतालमा दैनिक ५० देखि ६० जना यस्ता बिरामी उपचारका लागि आउने गरेका छन् । त्यस्तै यस क्षेत्रकै संस्थागत भैरहवामा रहेको रणअम्बिका आँखा अस्पतालमा पनि आँखाका बिरामीको सङ्ख्या बढ्दै गएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार अहिले ४० प्रतिशतभन्दा बढी आँखा पाकेका बिरामी अस्पतालमा आउने गरेको छन् । अस्पतालमा आउने अधिकांश बिरामी आँखा पाक्ने रोगबाट सङ्क्रमण भएकाहरु रहेका छन् । त्यसबाहेक आँखाबाट आँसु आइरहने, आँखा रातो हुनेजस्ता रोगका बिरामी पनि अस्पतालमा आउने गरेको चिकित्सकहरु बताउँछन् । चिकित्सकहरुका अनुसार एजेवा भाइरल नामको भाइरसबाट विशेषगरी यो रोग लाग्ने गर्दछ । यो रोग अति छिट्टै सर्ने एक सरुवा रोग भएकाले पनि यसलाई विशेष सावधानी पुर्याउनुपर्ने चिकित्सकहरुको सुझाव छ । 
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar