Headlines News :
Home » » दुई नेपाली अधिकारकर्मीलाई नियन्त्रणमा लिएको कतारद्वारा पुष्टि

दुई नेपाली अधिकारकर्मीलाई नियन्त्रणमा लिएको कतारद्वारा पुष्टि

###
काठमाडौ, भाद्र २२ - दुई नेपाली अधिकारकर्मी आफ्नो नियन्त्रणमा रहेको कतारी अधिकारीले पुष्टि गरेका छन् । कतारमा रहेको नेपाली कामदारको अवस्थाबारे वृत्तचित्र बनाउन गएका दुई नेपाली अधिकारकर्मी एक साता अघि बेपत्ता पारिएका थिए ।

ग्लोबल नेटवर्क फर राईट्स एण्ड डेभलपमेन्ट (जीएनआरडी) मा कार्यरत दुई नेपाली कृष्ण उपाध्याय र गणदेव घिमिरेलाई कतारको सादा पोशाकका प्रहरीले होटलबाट नियन्त्रणमा लिएका थिए ।

कतारको विदेश मन्त्रालयले शनिबार विज्ञप्ती जारी गर्दै कतारको कानुन उल्लंघनको आरोपमा दुई विरुद्ध अनुसन्धान भइरहेको जनाएको छ । उनीहरुलाई हिरासतमा अन्तर्राष्ट्रिय कानुन उल्लंघन नगरी राखिएको विदेशमन्त्रालयको विज्ञप्तीमा उल्लेख छ ।

कतारस्थित वेलायती कन्सुलरका अधिकारीहरुले उपाध्याय र घिमिरेको अवस्थाबारे बुझेको बताइएको छ ।

'भदौं १५ गते पक्राउ परेका उपाध्यक्ष र घिमिरेलाई कतारको कानुन उल्लंघन गरेकाले सुरक्षाकर्मीको नियन्त्रणमा राखिएको छ', विदेशमन्त्रालयबाट जारी विज्ञप्तीमा भनिएको छ ।

उनीहरुको अवस्थाबारे वेलायती परराष्ट्र मन्त्रालयलाई जानकारी गराइएको कतारी अधिकारीले बताएका छन् ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar