Headlines News :
Home » , » सुनकोशी नदी थुनिएर बनेको ताल फुट्यो

सुनकोशी नदी थुनिएर बनेको ताल फुट्यो

###
सिन्धुपाल्चोक, भाद्र २२ । सिन्धुपाल्चोको मांखा गाविसको जुरेमा गएको पहिरोले सुनकोशी नदी थुनिएर बनेको ताल फुटेको छ । आज बिहान २ बजेतिर ताल फुटेको हो । नेपाली सेनाले लगातार ताल फुटाउन विस्फोट गराएको र हिजो भएको ठूलो वर्षाका कारण बाँध फुटेको हो ।

ताल फुटेर नदीमा पानीको बहाव बढेपछि खाडीचौर लगायतका तल्लो तटका स्थानीयबासी त्रसित भएका छन् । नदीमा  पानीको बहाब बढ्दा सुनकोशी जलविद्युत आयोजना आंशिक रुपले डुबानमा परेको छ । ताल फुटे लगत्तै नेपाली सेना र स्थानीय प्रशासनले स्थानीयबासीलाई सुरक्षित स्थानमा सारेका छन् ।

१ सय ५७ जनाको ज्यान लिनेगरि गत श्रावण १७ मा गएको पहिरोले सुनकोशी थुनिँदा कृतिम ताल बनेको थियो । ताल फुटेसँगै माथिल्लो तटीय क्षेत्रमा डुबानमा परेका घरहरु देखिन थालेका छन् । डुबानमा परेका राम्चेका १९ र धुस्कुनस्थित सानिमा हाइड्रो पावरको उत्पादन गृह देखिएको छ ।

ताल थुनिएपछि नेपाली सेनाले बनाएको दोस्रो निकासबाट ताल फुटेको हो । ताल घटेसँगै डुबानमा परेको अरनिको राजमार्ग देखिन थालेको छ ।

घटनाको विस्तृत विवरण ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar