Headlines News :
Home » » मान्छेको अनुहार भएको बाख्रो जन्मियो, किसानमाथि पशुकरणीको बात

मान्छेको अनुहार भएको बाख्रो जन्मियो, किसानमाथि पशुकरणीको बात

###
घरमा पालेको बाख्रोले मान्छेको अनुहार भएको पाठो जन्माएपछि एक किसान परिवारलाई लाजमर्नु भएको छ । गाउँलेहरुले बाख्राधनी किसानमाथि बाख्रीलाई गर्भिणी बनाएको आरोप समेत लगाएपछि ठूलै काण्ड मच्चिएको मात्र छैन बाख्राधनी किसान परिवारले त्यस्तो आरोपको खण्डन समेत गर्नुपरेको छ ।
घटना अर्जेन्टिनाको हो । अर्जेन्टिनाको सेन्ट्रो क्षेत्रमा रहेका एक किसानको बाख्राले प्रसुतिको समय नै नपुगी मान्छेको अनुहार जस्तै भएको पाठो जन्माएपछि त्यसले ठूलै हंगामा मच्चायो ।
यद्यपि बाख्राले मरेको तथा जिउ नै राम्ररी विकशित नभएको पाठो जन्माएको थियो र ती किसानले तत्कालै त्यो पाठोलाई गाडेका थिए । तर एक जना छिमेकीले त्यो पाठो जन्मिने बित्तिकै त्यसको फोटो खिच्न भ्याएछन् र त्यसलाई अनलाइनमा समेत राख्न भ्याएछन् ।
त्यसपछि त के चाहियो र ? त्यसले ठूलै चर्चा पायो । कतिपय गाउँलेले त्यो बाख्रीका मालिक परिवारका पुरुष सदस्यले बाख्रीमाथि करणी गरेको र मानिसबाटै गर्भिणी भएका कारण बाख्रीले त्यस्तो बच्चा जन्माएको भनेर हौवा फिँजाउन पुगे ।


मान्छेको अनुहार जस्तै भएको पाठो पाउने त्यो बाख्रीकी मालिक्नी ओल्गा भिलाल्बाले आफ्नो परिवारमाथि लागेको त्यस्तो घृणित आरोपको सख्त खण्डन गर्दै त्यो बाख्रीमाथि कसैले पनि त्यस्तो करणी नगरेको दाबी गरेकी छिन् ।
त्यो पाठो जन्मिदा नै मरिसकेको र त्यसलाई देख्न नसकेर आफुहरुले खाल्डोमा पुरेको भन्दै उनले किटनाशक औषधिको अत्यधिक प्रयोगले त्यस्तो उत्परिवर्तन भएको बताइन् ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar