Headlines News :
Home » » विमानस्थल खुल्यो , पहिलो उडान ओमानले गर्ने, चौबिसै घन्‍टा उडान हुने

विमानस्थल खुल्यो , पहिलो उडान ओमानले गर्ने, चौबिसै घन्‍टा उडान हुने

###
काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा दुर्घटनाग्रस्त टर्किस एयरलाइन्सको जहाजलाई तानेर पार्किङस्‍थलमा लगिएको छ।विमानस्थल खुले पनि उडान सुरु भएको छैन। शनिबार राति अबेरसम्म भए पनि उडान सुचारु गर्ने प्रयास भइरहेको छ। पहिलो उडान ओमान एयरले गर्ने भएको छ। ओमानले यात्रुलाई विमानस्थल आउन सूचना दिइसकेको छ।

अब चौबिसै घन्टा उडान चालु गरिने भएको छ। विमानस्थल कर्मचारीलाई राति पनि कार्यस्थलमै रहन भनिएको छ। घाँसे मैदानबाट पक्की रन वेमा ल्याइएको जहाजलाई तानेर पार्किङस्थलतर्फ लगेपछि अब रन वे क्लियर भएको छ।छिटै विमानस्थल पूर्ण रुपमा सुचारु हुने विमानस्थलका प्रबन्धक पूर्ण चुडालले बताए।

बुधबारदेखि विमानस्थल बन्द हुँदा करिब चालिस हजार यात्रुहरु प्रभावित भएका छन्। डेढ सय जति उडान स्थगित भएका छन्। विमानस्थलमा चार चारदिनदेखि यात्रुहरुको बिचल्ली भएको छ। उठाउने क्रममा शुक्रबार बेलुका भासिएको जहाजलाई शनिबार बिहान पोजिसनमा ल्‍याइए पनि तान्ने काम भर्खर सुरु भएको हो। रन वे क्लियर गर्न अझै समय लाग्ने भएकोले छ बजेपछि नियमित हुने भनिएको अन्तराष्‍ट्रिय उडान अझै अनिश्‍चित छ। विमानस्थल खुल्ने भनी निकालिएको सूचना छ पटक परिवर्तन गरिएको छ।


शनिबार अपरान्ह दुई बजेदेखि खुल्ने भनिएको थियो तर रिकभरी टिमले थप समय लाग्ने भनेपछि बेलुका छ बजेसम्म विमानस्थल बन्द हुने सूचना जारी गरिएको छ। तर अझै पनि एयरपोर्ट कतिबेला खुल्ने निश्‍चित नभएको विमानस्थलमा कार्यरत अधिकारी बताउँछन्।

जहाजको धस्सिएको भाग १५ मिटर तानेर रनवेमा ल्‍याइएको विमानस्थल प्रशासन स्रोतले जानकारी दिएको छ। यसअघि जमिनमा धस्सिएको जहाजको अगाडिको नोज बल्ततल्ल उठाए पनि शुक्रबार बेलुका फेरि भास्सिएपछि काम रोकिएको थियो।

विमानस्थलमा आयोजित पत्रकार सम्‍मलेनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक बिरेन्द्र श्रेष्‍ठले टर्किस जहाजलाई घाँसे मैदानबाट तानेर धावन मार्गमा ल्‍याइसकेको हुनाले आजै विमानस्थल सुचारु हुन सक्‍ने बताएका थिए।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar