Headlines News :
Home » , » कस्ता पुरुष मन पराउँछन् महिला

कस्ता पुरुष मन पराउँछन् महिला

###
महिला पुरुषलाई आकर्षित गर्न सँधै सचेत हुन्छन् । स्त्रीहरु सुन्दरताप्रति धेरै नै संवेदनशील हुन्छन् । भन्ने गरिन्छ स्त्रीमा सुन्दरता र पुरुषमा ब्यक्तित्व हेरिन्छ ।  तर महिलाले पनि पुरुषको लुकमा ध्यान दिने पछिल्लो अध्यनले देखाएको छ ।


खासमा महिला के चाहन्छन् भन्ने विषयमा पुरुषहरु सँधै अलमलमा हुन्छन् । अष्ट्रेलियामा गरिएको एक शोधले अलि फरक पहिरन र लुक भएका पुरुषप्रति स्त्रीहरु बढी आकर्षित हुने देखाएको छ ।  अधिकाँश पुरुष क्लिन शेभन अर्थात दाह्री काटेका भएको ठाउमा महिलाले दाह्री भएका पुरुष मन पराउने अध्यनको निष्कर्ष छ । त्यसको विपरित दाह्री भएका पुरुषको बाहुल्यता भएको ठाउँमा भने दाह्री काटेका पुरुषको आकर्षण बढी हुने देखिएको छ ।

खासमा अनौठो कुरा त के भने अध्यनका क्रममा आफ्नो लुकमा कम ध्यान दिने पुरुषमा बढी महिला आकर्षित हुने समेत तथ्य फेला पर्यो ।  शोधकर्ताहरुले अग्लो उचाइ भएका पुरुषप्रति महिलाको आकर्षण बढी हुने तथ्य पनि फेला पारे । आफुले चिनेको अनुहार भन्दा फरक देखिने पुरुषप्रति महिलाको आकर्षण बढी हुने पनि अध्ययनले देखाएको छ ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar