Headlines News :
Home » » सूचना प्रविधि मेलामा अवलोकनकर्ताको भिड (फोटो फिचरसहित)

सूचना प्रविधि मेलामा अवलोकनकर्ताको भिड (फोटो फिचरसहित)

###
 १२ बैशाख, काठमाडौं । पछिल्लो समय यूवाहरुको आकर्षण स्मार्टफोन, ट्याबलेट तथा इन्टरनेट डेटामा देखिएको छ । सूचना प्रविधिको क्षेत्रमा पछिल्ला विकसित प्रविधिको बारेमा जानकारी लिने तथा प्रयोग गर्नेहरु बढ्दै गइरहेको पाइन्छ ।
राजधानीको भृकुटीमण्डमा बिहीबारदेखि सुरु भएको ‘आईसीटी इलेक्ट्रोनिक्स एन्ड ब्रान्डिङ एक्स्पो’मा पनि यूवाहरुको आकर्षण एन्ड्रोइड स्मार्टफोन र इन्टरनेट डेटाका स्टलहरुमा देखिएको छ ।
मेला सुरु भएको पहिलो दिन नै सामसुङ, पानासोनिक, एलजी, हुवावे, नेपाल टेलिकम, एनसेलका स्टलहरुमा यूवाहरुको भिड लागेको थियो । विभिन्न कम्पनीका एन्ड्रोइड स्मार्टफोन र इन्टरनेट डेटा प्याकेजका बारेमा जानकारी दिन स्टलकर्ताहरुलाई भ्याई नभ्याई देखिन्थ्यो ।
मेलामा सबैभन्दा बढी आकर्षण सामसुङ ग्यालेक्सी एस फाइभ बन्न पुग्यो । एप्रील ११ मा विश्वभर एकसाथ सार्वजनिक गरिएको एस फाइभका बारेमा चासो राख्नेहरु बढी देखिएको स्टलकर्ता सरन रानाले बताए ।
_
सामसुङ एस फाइभ विश्व मोबाइल बजारमा धेरै सेवा-सुविधा भएको स्मार्टफोन हो । मेलामा आउनेहरुवीच एस फाइभ चलाएर हेर्न तछाड मछाड भएको रानाले सुनाए । त्यस्तै, सामसुङकै ग्यालेक्सी ट्याब थ्री पनि आकर्षण बन्न पुगेको छ ।
पानासोनीकले पहिलो पटक ल्याउन लागेको एन्ड्रोइड स्मार्टफोनमा पनि अवलोकनकर्ताहरुको भिड लागेको छ । करिव २ हप्ताभित्रमा सार्वजनिक गर्न लागिएको पानासोनिक स्मार्टफोन मेलामा डिस्प्ले गरिएको छ ।
पानासोनिकले ४ वटा एन्ड्रोइड स्मार्टफोन र २ वटा फिचर फोन बजारमा ल्याउँदैछ । कम्पनीले ५ इन्च ठूलो स्कि्रन, १.३ गिगाहर्ज क्वार्ड कोर प्रोसेसर, ८ मेगा पिक्सेल क्यामेरा र ४.२ एन्ड्रोइड जेलिबिन अपरेटिङ सिष्टम भएका तीन मोडल बजारमा ल्याउँदै छ । यी तीन मोडलको मूल्य १७ हजार १ सय, १८ हजार ५५० र २९ हजार ७०० सय रुपैयाँ पर्ने छ ।


कम्पनीले एउटा ४ इन्चको स्कि्रन, १.३ गिगाहर्ज डिउल कोर प्रोसेसर, ५ मेगा पिक्सेल क्यामेरा भएको ४.२.२ जेलिबिन अपरेटिङ सिष्टम भएको टि ३१ मडल बजारमा ल्याउने जनाएको छ । यसको मूल्य ११ हजार १५० रुपैयाँ पर्ने छ ।

त्यस्तै, नेपाल टेलिकमको स्टलमा पनि उपभोक्ताको भिड लागेको देख्न सकिन्छ । स्टलमा टेलिकमले १०० रुपैयाँ ब्यालेन्स भएको थि्रजी सिम १०० रुपैयाँमा उपलब्ध गराएको छ । साथै, स्काई प्रो इन्टरनेट खरिद गर्ने ग्राहकहरुलाई ८ जीबीको मेमोरी कार्ड फि्रमा उपलब्ध गराएको छ । स्काई प्रो र वाइम्याक्स इन्टरनेटका बारेमा बुझ्न आउनेहरु धेरै भएको स्टलकर्ताहरुले बताए ।
_
एनसेलले पनि मेलामा ५० रुपैयाँमा २५/२५ रुपैयाँ ब्यालेन्स भएका २ सिम उपलब्ध गराएको छ । त्यस्तै, १०० रुपैयाँको सिम खरिद गर्ने उपभोक्तालाई ५० रुपैयाँ ब्यालेन्स, एक वर्षसम्मका लागि हरेक महिना ६० वटा एसएमएस, ४० मिनेट टक भेल्यू र २० एमबी डेटा निःशुल्क उपलब्ध गराएको छ ।
एलजीको ‘एलजी-जीटु’ र ‘जिप्रो लाइट’ एन्ड्रोइड स्मार्टफोनले पनि उपभोक्ताको ध्यान खिच्न सफल भएको छ । त्यस्तै, लाभा र जोेलो फोनमा पनि उपभोक्ताको आकर्षण देखिएको छ ।
पहिलो पटक एन्ड्रोइड स्मार्टफोन बजारमा ल्याएको नोकियाको स्टलमा पनि उपभोक्ताको भिड लागेको छ । नोकिया मोबाइल मन पराउनेहरु नोकियाको एन्ड्रोइड फोनका बारेमा बुझ्न भिड लागेको स्टलकर्ताले जानकारी दिए ।

डेल ल्यापटप, हुवावे मोबाइल, माइक्रोम्याक्स, टेलिभिजन, सोलार, इन्भर्टर, निओ ट्याबलेट, किभी मोबाइल, कम्प्यूटरका स्टलमा पनि पनि भिड देखिन्छ । डेलको ४५ हजार पर्ने आई३ ३४२१ म्ोडल र आई५ ५५२१ म्ाोडल उपभोक्ताले सर्वाधिक मन पराएका छन् । त्यस्तै, १ लाख ७६ हजार रुपैयाँ पर्ने लेटिट्यूड ७२७० मोडलले पनि आकर्षण थपेको छ ।
 
त्यसैगरि, पेन ड्राइभ, कि बोर्ड, माउस, हेड सेट, एयरफोन, चार्जर, उफर, मेमोरी कार्ड, डाटा केबल जस्ता साना साना सामाग्रीमा पनि ग्राहकको भिड लागेको देखिन्छ । मेलामा १०४ स्टलहरु रहेका छन् ।








 
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar