Headlines News :
Home » » यस्तो रह्यो बोष्टनमा ‘बैशाखी साँझ’ (फोटोफिचर)

यस्तो रह्यो बोष्टनमा ‘बैशाखी साँझ’ (फोटोफिचर)

###
बोष्टन । अमेरिकाको बोष्टनमा नयाँ बर्ष कार्यक्रम ‘बैशाखी साँझ’ सम्पन्न भएको छ । साझा सँस्था ग्रेटर बोष्टन नेपाली कम्युनिटी (जिबिएनसी) को आयोजनामा भएको नेपाली नयाँ बर्ष कार्यक्रम ‘बैसाखी साँझ’ क्याम्ब्रिज सिटीमा भव्यताका साथ सम्पन्न भएको हो ।  ग्रेटर बोष्टनस्थित माल्देन सिटीका मेयर गेरि क्रिष्टेनसनको प्रमुख आतिथ्य र अमेरिकाका स्टेट सिनेटर विल ब्राऊनस्बर्जरको बिशेष आतिथ्य रहेको नेपाली नयाँ बर्ष कार्यक्रमा लोक दोहोरी जमेको थियो भने बिभिन्न ब्यक्ति ब्यक्तित्वको सम्बोधन, रोचक नेपाली कला सँस्कृति प्रस्तुत, बिशेष योगदान दिनेमध्येका चार ब्यक्तित्व सम्मानित, कलाकारको सम्मान, नेपाली स्वादिष्ट परिकारको ब्यबस्थासहित सम्पन्न भएको थियो ।

करिब ५००
अटाउने कार्यक्रम हल खचाखच थियो भने नाच्ने गाऊने र एक आपसमा भलाकोसेरी आत्मियता साटासाट गर्नेहरुको हुल कार्यक्रम सकिएपछि राति १२:०० बजेपछि पनि पनि सकिएको थिएन । आपसी भलाकुसारी, भेटघाट र आत्मियता साटासाटको लागी पनि नेपालीको लागी नेपाली कार्यक्रम बेष्ट भएको कुरा कार्यक्रम नियाल्ने बिदेशीले ब्यक्त गरेँ ।

  नेपाली तथा अमेरिकाको राष्ट्रिय गीतबाट शुरु गरिएको कार्यक्रममा नेपाली चेली प्रमिता गुरुङले बाँसुरीबाट अमेरिकी राष्ट्रिय धुन बजाएकी थिइन भने जिबिएनसीका अध्यक्ष मिलन गुरुङले सहभागी सबैलाई स्वागत गर्दै नेपाल भनेको भौगोलिक सिमा मात्र नभइ हरेक नेपालीहरु स्वयं नेपाल भएको प्रसँङग ल्याउदै एक पटकको नेपाली सधैको नेपाली हुनुपर्ने बारे बताए । त्यसपछि प्रमुख अतिथि गेरिले नेपाली हरुले बोष्टनमा थालेको पशुपतिनाथ बुद्द फाऊण्डेशनको कामलाई समेत सहयोग गर्ने बताउँदै माल्देन सिटिबाट जिबिएनसिलाई मान्यता सहित सम्मान पत्र प्रदान गरेका थिए । बिशेष अतिथि सिनेटर विल ब्राऊनस्बर्जरले नयाँ बर्षको शुभकामना दिँदै सगरमाथाको घटना र हिऊपहिरोमा दिवंगत शेर्पाहरूप्रति दु:ख ब्यक्त गरेँ ।  कार्यक्रममा ए एन ए का अध्यक्ष क्षेवाङ शेर्पा लामा,एन आर एन, एनसिसिका अध्यक्ष शिव कुमार राई, एन आर एन अमेरिकाकोको चुनाबमा अध्यक्ष पदका प्रत्यासी खगेन्द्र जिसी र नेपालीहरुका सहयोगी एशियन टाष्क फोर्शका अमित दिक्षित समेतले आआफ्नो भनाई राख्दै नेपालीलाई नयाँ बर्षको शुभकामना दिए । बोष्टनबासी एन आर एन अमेरिकाको लागि अध्यक्ष पदका प्रत्यासी बिष्णुहरी धौरालीको शुभकामना पनि स्टेजबाट सुनाइएको थियो ।

 बरिष्ठ उपाध्यक्ष राम थापाबाट भोट अफ थ्याङ्क्स दिइएको थियो । संस्थाका वोनोनरी मेम्बर शुसेली समुहका प्रमुख धनकुमार गुरुङको नेतृत्व तथा संस्थाका सल्लाहकार एवम् हिमालयन लायन्स क्लव न्यु ईङ्लैण्डका अध्यक्ष बिष्णु कार्की समेतको संयोजनमा संस्थाका साथीहरुले तयार गरिएको नेपाली खानाका परिकारले सबैको मन जितेको थियो । जिबिएनसिका सचिब अर्जुन कुँवर तथा सहयोगी एलिसा थापाबाट सञ्चालित कार्यक्रममा प्रमुख अतिथि अमिरिकी मेयर गेरिद्वारा मेडिया डाइरेक्टर यम पौडेललाई प्रेसिडेन्टियल यवार्ड र ओनोनरि मेम्बर कलाकारत्रय मिन केसी, रञ्जन बुढाथोकी र धनकुमार गुरुङलाई नेपाली समाजमा उहाँहरुले गरेको योगदानको बारेमा ऊल्लेख गर्दै बिशेष सम्मान सहित अभिनन्दन गरिएको थियो । यसपटकको नयाँ बर्षमा नेपालका बिबिध जनजातिका संस्कृतिलाई समेटिएको थियो । चर्चित लोक दोहोरी गायक निशा सुनार र मिन केसीको दोहोरी टिमले यस पटक नेपालीलाई नचाएको थियो भने गोपाल नेपाल “ फिष्टे” को प्रहसन र नृत्यतर्फ शेर्पा नाच, थकाली नाच, नेवारी नाच, राइ सकेला नाच, तामाङ सेलो, गुरुङ नाच, हिन्दी रिमिक्स, र टासी एण्ड नवाङको डिजे आदीको संयोजनले कार्यक्रम भरिपुर्ण रह्यो । कार्यक्रमको अन्तिममा सबै कलाकार तथा सहयोग कर्तालाई प्रमाणपत्र बितरण गरिएको थियो । 
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar