Headlines News :
Home » » राष्ट्रिय लिग फुटबल विजेतालाई एक करोड पुरस्कार

राष्ट्रिय लिग फुटबल विजेतालाई एक करोड पुरस्कार

###
११ बैशाख, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय लिग विजेतालाई १ करोड पुरस्कार दिने घोषणा गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार बसेको कार्यसमिति बैठकले राष्ट्रिय लिगको संरचना सार्वजनिक गरेको छ । जस अनुसार ए डिभिजन लिगका शीर्ष आठ र जिल्ला टिमबाट चार गरी १२ टिमले राष्ट्रिय लिग खेल्न पाउनेछछन् । मोरङ, सुनसरी, झापा, कास्की, रुपन्देही, बाँके, कैलाली, पर्सा र मकवानपुरबाट चार टिम छानिनेछ ।

बैठकमा बी र सी भिभिजन क्लब र जिल्ला संघ गाभिनेर बी डिभिजनको पनि राष्ट्रिय लिग सञ्चालन गर्ने प्रस्ताव पेश भएको छ । यसबारे सम्वन्धित पक्षसँग छलफल गरी आगामी बैठकमा निर्णय लिइने एन्फाले जनाएको छ । एन्फाले यू-१६ र राष्ट्रिय टिमको प्रशिक्षक विदेशी ल्याउने निर्णय समेत गरेको छ । उसले साफ च्याम्पियनसिप २०१५ को तयारी गर्न विभिन्न देशसँग मैत्रिपूर्ण फुछबल खेल्ने निर्णय गरेको छ । सागै राष्ट्रिय टोलीमा रहेका खेलाडी, संघ अन्तरगतका प्रशिक्षक र रेफीको तलब भत्ता बढाउन श्रोतको खोजी गर्ने निर्णय भएको छ । यू-१६ टिमलाई विदेश प्रशिक्षणका लागि राष्ट्रिय खेलकुद परिषद् र खेलकुद मन्त्रालगसँग सहयोग मागेको छ । बैठकले सहायक महासचिव रत्नशम्शेर राणाले दिएको राजीनामा स्वीकृत गरेको छ । साथै रेफ्रीको निर्णयविरुद्ध असन्तुष्टि जनाउँदै विधान विपरित कार्य गरेको भन्दै फ्रेण्ड्स क्लबसँग लिखित स्पष्टिकरण माग गरेको छ । एन्फाको बैठक बहिस्कारको निर्णय गर्ने फ्रेण्ड्स, हिमालयन शेर्पा, मच्छिन्द्र र सरस्वती क्लबसँग स्पष्टिकरण माग गर्ने निर्णय भएको छ । एन्फाले उपाध्यक्षद्वय कर्माछिरीङ शेर्पा र बिजयनारायण मानन्धरसँग बैठक बहिस्कार गर्नुको कारण मागेको छ । एन्फा बैठकले पक्षघात भएका पूर्व राष्ट्रिय खेलाडी वाई बी घलेलाई खेलाडी कल्याण कोषबाट २ लाख ५० हजार दिने निर्णय गरेको छ भने पूर्व राष्ट्रिय खेलाडी एवं मध्यमाञ्चल क्षेत्रीय फुटबल समितिका अध्यक्ष अनिलबन्धु रुपाखेतीलाई १ लाख उपचार खर्च दिने निर्णय गरेको छ ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar