###
|
|
११ बैशाख, काठमाडौं । भारतीय जनता पार्टीका प्रधानमन्त्रीका उम्मेदवार नरेन्द्र मोदीले लोकसभा चुनावका लागि वाराणसीबाट उम्मेदवारी दिएका छन् । बनारसका विभिन्न स्थानमा भाजपाको टोपी र झण्डासहित र्याली निकालिएको थियो । अधिकांश पसलहरु बन्द भएका थिए । सवारी साधन पनि निकै कम चलेको छ । यसअघि नै वाराणसीमा रहेका आम आदमी पार्टीका संयोजक अरविन्द केजरीपाल भने अस्सी घाटमा प्रार्थना र साधना गरिरहेका छन् । केजरीवाल दिल्लीमा अपनाएको शैलीमा गल्ली-गल्ली, घर-घर पुगेर मानिसहरुलाई भेटिरहेका छन् । भाजपा नेताहरु स्थानीय टोली बनाएर लागेका छ्न । उसका ठूला नेताहरु घर-घरमा गएर भोट मागेको लेखिएको छैन । मोदीलाई टक्कर दिन आजका केजरीवाल र कांग्रेसका अजय रायलाई मुस्लिम भोट चाहिने अनुमान गरिएको छ । -
##
|
|
0 comments:
...