### |
११ बैशाख, काठमाडौं । बुद्ध जन्मथलो लुम्बिनीमा तीन बिलियन डलर लगानी गर्ने भन्दै सन २००९ मा बेइजिङमा खुलेको एसिया प्यासिफिक एक्सचेन्ज एन्ड कोअपरेसन नामक संस्था पाताल पुगेको छ भने त्यसका हर्ताकर्ता सियाओ उनान भ्रष्टाचार लागेर पक्राउ परेका छन् । उक्त संस्थाको उपाध्यक्ष प्रचण्ड हुन् । सोही हैसियत सुरुमा पारस शाहलाई पनि दिइएको थियो । बेइजिङमा यो संस्था गठन हुँदा अमेरिकाकै धनीमध्येका रकफेलर र अस्ट्रेलियाकी एउटी साहनी पनि उपस्थित थिए । चीनमा सि जिनपिङले सत्ता सम्हाल्नासाथ भ्रष्टाचारीहरु भकाभक पक्राउ पर्न थालेका हुन् ।
यस क्रममा नेपालसमेत आइसकेका पार्टीकै आन्तरिक सुरक्षा प्रमुख चौ योङखाङसमेत अघिल्लो महिनादेखि नजरबन्दमा रहेको बुधबार प्रकाशित जनआस्था साप्ताहिकमा खबर छ । यही मेसोमा एकातिर एपेक ठण्डाराम भयो भने यसको क्षतिपूर्तिस्वरुप प्रचण्डलाई लगेर सिजिनपिङसँग भेटवार्ता गराइयो । जबकि चीनका पुराना मित्र झलनाथ खनाललाई राष्ट्रपति र पार्टी प्रमुख सिसँग भेटवार्ताको अवसर नदिँदा एमाले र चिनियाँ कम्युनिस्ट पार्टीबीच पहिलाजस्तो हार्दिक सम्बन्ध छैन् । बाबुराम प्रधानमन्त्री हुँदा प्रचण्डकै नेतृत्वमा लुम्बिनीको गुरुयोजनासमेत बन्यो ।
जसमा अहिलेका सञ्चारमन्त्री मिनेन्द्र रिजालसमेत जोडिएका थिए । एपेकले आफ्नो पकडमा मलेसिया र थाइलेन्डका प्रधानमन्त्रीलाई पनि ल्याउने काम गर्यो । लाजिम्पाटस्थित प्रचण्डको घरछेउ ४/५ जना चिनियाँ स्टाफ राखी सम्पर्क कार्यालय खोलियो । कार्यालय प्रयोजनका लागि दुई लाख डलर विनियोजन भयो । दुई किलोमिटर परसम्मको गतिविधि नियाल्न मिल्ने मर्सिडिज कार किन्ने बजेट तलमाथि गरेको आरोपमा स्याओ उनान गिरफ्तार भएपछि चिनियाँहरु लाजिम्पाटको सम्पर्क कार्यालय थुनेर घर फर्किएका छन् । यस परियोजना अपारदर्शिता भएको भन्दै तत्कालिन संस्कृति सचिव मोदराज डोटेलले राजीनामा दिएका थिए ।

## |
0 comments:
...