###
|
|
११ बैशाख, दमक । नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनालले सहमतीय नेतृत्वका लागि आफू फेरि अध्यक्ष हुने बताएका छन् । बिहीबार झापाको बिर्तामोडमा प्रेस चौतारीले गरेको अन्तरसंवाद कार्यक्रममा उनले भने, ‘म पदीय बहस र भिडन्तमा जान्न, सहमतिमा मैले फेरि एक कार्यकाल दोहोर्याउने प्रस्ताव महाधिवेशनमा आए स्वीकार्छु ।’ अध्यक्ष खनालले एकता र सहमतिमा सबै साथीहरूले आफूलाई नेतृत्व लिनुपर्छ भनेमा आफू जस्तोसुकै जिम्मेवारी लिन तयार भएको बताए । उनले नेकपा -एमाले)को नवौँ राष्ट्रिय महाधिवेशन तोकिएकै मितिमा हुने स्पष्ट पार्दै महाधिवेशनसम्म आइपुग्दा वैचारिक र सङ्गठनात्मक ढङ्गले एकमत हुँदै सर्वसम्मत नेतृत्व चयन हुने दाबी गरे । रासस
##
|
|
0 comments:
...