###
|
|
अमेरिकालाई सपनाको मुलुक भनिन्छ । त्यसैले त बरिष्ठ सरकारी अधिकारी, नाम चलेका कलारकादेखि कमाऊ ब्यापारी पनि डीभी चिठ्ठाको पछि लागेर अमेरिका हानिन्छन् । तर, ‘अमेरिकी सपना’भित्रको वास्तविकता भने बेग्लै छ । नेपालीमात्र हैन बिश्व अर्थतन्त्रमा अमेरिकालाई चुनौती दिइरहेको चिनियाँहरुसमेत यतिखेर त्यही अमेरिकी सपना पुरा गर्ने धाउन्नमा सुकुम्बासीको जीवन बिताइरहेका छन् । छत नभएको आठ बाइ आठको कोठा । किचेन र एक बेड त्यसमै । त्यही सानो कोठामा सबै सामान । एक पटक सोच्नुस् त, तीन दशकसम्म यहाँ विताउन सकिन्छ ? निकै गाह्रो छ । तर, पनि यो बास्तविकता हो । न्यूयोर्कको म्यानहाटनस्थित चाइना टाउनमा प्रबासी चिनियाँहरुको ठूलो उपस्थिति छ । त्यहाँ १ लाख मानिस बस्ने अनुमान छ । फोटो पत्रकार एनी लिगले चार वर्ष लगाएर चाइना टाउनको बास्तविक तस्वीर कैद गरेका छन् । यी साना कोठाहरुमा १८ वर्षदेखि ८८ वर्षसम्मका मानिसहरु बस्ने गरेका छन् । काम पाउनै कठिन, पाए पनि नियमित आम्दानीको कुनै ग्यारेन्टी छैन् । त्यसमाथि न्यूयोर्कको महंगी । त्यसैले त यी चिनियाँहरु रातको ९ डलर तिरेर यस्ता अत्यासलाग्दा कोठीहरुमा रात बिताउँछन् ।
##
|
|
0 comments:
...