### |
११ बैशाख, स्याङजा । स्याङ्जामा उत्पादित कफी जापानसम्म निर्यात हुन थालेपछि किसानहरु उत्साहित भएका छन् । जिल्ला कफी संघले किसानलाई राम्रो मूल्य दिने बताएपछि किसानहरुमा कफी खेति गर्ने लहर चलेको छ । यो वर्ष स्याङ्जामा करिब ५५ मेट्रिकटन पार्चमेन्ट कफी उत्पादन हुने जिल्ला कृषि विकास कार्यालय स्याङ्जाका बरिष्ठ कृषि विकास अधिकृत श्रीधर अधिकारीले बताए । गत वर्षको तुलनामा यो वर्ष करिब चार टन बढी कफी फल्ने भएको हो ।
५२ मेटि्रकटन कफी व्यवसायी संघमार्फत र करिब तीन टन व्यापारीमार्फत कफीको निर्यात हुने गरेको छ । स्याङ्जाको कफी जापानसहितका अन्य मुलुकमा पनि पुग्न थालेपछि मूल्य नपाएर निराश किसान अहिले हौसिएका छन् । गतवर्ष जापानमा सात मेट्रिकटन अर्ग्यानिक कफी निर्यात भएकोमा यो वर्ष १० मेट्रिकटन अर्ग्यानिक कफीको माग रहेको कफी व्यवसायी संघका अध्यक्ष फणिनारायण अर्यालले बताए । ‘यो वर्ष ६० लाख रुपैयाँ जापानबाट भित्रने अपेक्षा छ, अध्यक्ष अर्यालले भने, ‘जिल्ला र बाहृय जिल्लामासमेत कफी खपत हुने भएकाले कफी खेतितर्फ किसान आकषिर्त भएका हुन् ।’ यो वर्ष कफीबाट करिब एक करोड ९० लाख रुपैयाँ कमाई हुने अनुमान संघले गरेको छ । कफीका लागि स्याङ्जा उपयुक्त हावापानी भएको जिल्ला हो । स्याङ्जाका २८ गाविस र दुई नगरपालिकामा कफीखेति गरिन्छ । पुतलीबजार नगरपालिका र वालिङ नगरपालिका, तीनदोबाटे, अर्जुनचौपारी, फापरथुम, बहाकोट, ओरस्टे, किचनास, पञ्चमूल, भाटखोला, थुमपोखरा, कोल्मा, सिर्सेकोट, बाङसिङ लगायतका गाविस कफी खेतीका लागि पकेट क्षेत्र हुन् । जिल्लाको करिब दुई सय ५० हेक्टर क्षेत्रफलमा कफीखेती हुने गरेको गरेको कृषि विकास कार्यालयको तथ्यांकमा उल्लेख छ । ९६ हेक्टर क्षेत्रफलमा अर्ग्यानिक कफी रोपिएको जनाउँदै कृषि विकास कार्यालयले तीन हजार एकजना किसान कफी व्यवसायमा लागेको उल्लेख गरेको छ ।

## |
0 comments:
...