Headlines News :
Home » » फर्सी मन पर्छ ? मन नपरेपनि खानुस् यस्ता फाइदाका लागि..

फर्सी मन पर्छ ? मन नपरेपनि खानुस् यस्ता फाइदाका लागि..

###
फर्सी मन पर्छ ? मन नपरेपनि खानुस् यस्ता फाइदाका लागि..
===============
(
फर्सी हामीले प्राय हाम्रो तरकारीका लागी प्रयोग गर्ने चिनिएको तरकारी हो । अमेरिकामा उत्पादन सुरू भएको मानिएको फर्सी हाम्रो खानामा केहि दिन बिराएर तरकारीका रूपमा आइपुग्ने गर्छ । तपाईहामीले प्रयोग गर्ने यो तरकारी निकै उपयोगी तरकारी हो । तपाईले प्रयोग गर्ने थोरै भन्दा थोरै मात्राले पनि तपाईलाई निकै फाइदा गर्छ । स्वास्थ्यका दृष्टिकोणले पनि निकै फाइदाकारी छ फर्सी । भिटामिनको मात्रा निकै बढी पाइने फर्सीमा अन्य पौष्टीक पदार्थ पनि उत्तिकै पाइन्छ ।
यसमा पाईने पौष्टिक तत्व र यसका फाइदाहरू के के छन् त ?
- २५० ग्राम फर्सीमा मात्र ४९ क्यालोरी पाइन्छ । फर्सीमा कार्बोहाइड्रेटको मात्रा निकै कम हुन्छ भने यसले शरिरमा रहेको कोलस्टेरोलको मात्रालाई समेत कम गर्ने काममा मद्धत पुग्छ ।
- फर्सीको बियाँ पनि उत्तिकै फाइदा जनक हुन्छ । यसको बियाँबाट मनग्गे मात्रामा प्रोटिन, भिटामिन, फ्याटि एसिडहरू पाइन्छ । यसले शरिरमा चाहिने पौष्टिक पदार्थको आवश्यकतालाई पुरा गर्न समेत मद्धत गर्छ ।
- फाइबर, भिटामिन ए, सी र ई तथा अन्य पौष्टिक पदार्थ पनि यसमा पाइन्छ । जसले हाम्रो स्मरण क्षमताको विकास गर्नुका साथै रेडिकलहरू लड्नका लागी समेत मद्धत गर्छ ।
- पहेलो भएर पाकेको फर्सी झन् फाइदा जनक हुन्छ । यसमा हुने बेटा क्यारोटिन, एन्टिअक्सिडेन्टले हाम्रो शरिरमा क्यान्सरको सम्भावनालाई समेत कम गर्छ भने मुटु रोगमा समेत फाइदा गर्छ ।
- यसको बियाँमा पाइने म्याग्नेसियम, पोटासियम, जिन्कले शरिरलाई स्वस्थ, स्मरण शक्तिको विकास, हाडलाई बलियो बनाउन समेत मद्धत गर्छ ।
- फर्सीले कार्डियोभास्कुलर रोगहरूमा समेत फाइदा पुर्याउँछ भने तनावलाई समेत कम गर्न मद्धत गर्छ ।
_______________________________
ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला !!
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar