### |
काँकरकोट (बझाङ)- सुदूरपश्चिममा यार्सागुम्बा टिप्ने बहानामा वन्यजन्तु चोरीसिकार गर्ने क्रम बढेको छ। अनियन्त्रित र अव्यवस्थित संकलनका कारण यार्सा कम पाइन थालेपछि वन्यजन्तु मारेर तिनका अंग र सुकुटी व्यापारमा स्थानीय लागेका छन्।
बझाङको उत्तरी भेगस्थित काँडा गाविस वन्यजन्तु तस्करको व्यापारिक अखडा बनेको छ। यो क्षेत्र डाँफे, झारल, घोरल, कस्तुरी, हिउँ चितुवा, कालो भालु, नाउरको मुख्य बासस्थान हो। तिब्बतस“ग सिमाना जोडिएको यो क्षेत्रमा प्रहरी र स्थानीय प्रशासनको मजबुत उपस्थिति छैन, जसको फाइदा उठाउँदै वन्यजन्तुका अंग र सुकुटी तिब्बत निकासी हुने गरेका छन्।
यार्सा संकलन गर्ने सिजन भएकाले यतिबेला काँडाको काँकरकोटदेखि साइपाल हिमालको फेदी राइढुंगीसम्म बाटोभरी अस्थायी होटल र पसल सञ्चालन भएका छन्। यस क्षेत्रमा स्थायी मानवबस्ती भने छैन। यार्सा बटुल्ने सिजन अर्थात् जेठ पहिलो सातायता यहाँ भिड लाग्छ, जुन असार अन्तिमसम्म कायम रहन्छ। यार्सा संकलकबाहेक अन्यले भदौसम्म तिब्बत र हुम्लासित व्यापार गर्छन्। भदौपछि भने बाक्लो हिमपात हुन्छ।
राइढुंगीदेखि उरै भञ्ज्याङ वरको धुली गाउँ पुग्दा बाटोका अस्थायी होटल सञ्चालकले वन्यजन्तु खुलेआम मारिरहेको देखिन्छ। वन्यजन्तुको मासु सुकुटी बनाउन घाममा छरपष्ट सुकाइएका हुन्छन्।
काँडा–२ का एक होटल व्यवसायीले केही वर्षयता यार्सा संकलनमा भन्दा सुकुटी व्यापारमा आकर्षण बढेको बताए। 'पहिले वन्यजन्तु धेरै पाइन्थ्यो,' उनले भने, 'यार्सा बटुल्न छाडेर यसैमा लाग्न थालेपछि अहिले त वन्यजन्तु भेट्नै मुस्किल हुन थालेको छ।' उनका अनुसार ६/७ वर्षदेखि वन्यजन्तु मार्ने र सुकुटी व्यापार गर्ने क्रम बढेको हो।
अघिल्लो वर्षसम्म यार्सा संकलन हुने क्षेत्रमा प्रहरी पुग्दैनथे। त्यसैले सुकुटीको खुलेआम व्यापार हुन्थ्यो। 'घरपालुवा कि वनपालुवाको?' व्यापारीले ग्राहकलाई सोझै सोध्थे। यस वर्षदेखि भने यार्सा संकलकबाट कर असुल्न जिविस र वन कार्यालयबाट ठेक्का पाएकालाई सुरक्षा दिन प्रहरी परिचालन गरिएको छ। चोरीसिकारमा संलग्नहरू पनि सतर्क भएका छन्।
राइढुंगीदेखि काँडाको धुली पुग्न दुई दिन पैदल हिँड्नुपर्छ। यसबीच माजा, बाँचौका, काँडा र धुली गाउँ छन्। बस्ती निकै पातलो छ। यहाँका बासिन्दाको मुख्य व्यवसाय भेडापालन हो। विष खाएर र रोग लागेर बर्सेनि सयौं भेडा मर्छन्। ती सबैको मासु सुकाएर सुकुटी बनाइन्छ र बिक्री गरिन्छ। यस क्षेत्रमा भेडाबाख्राको सुकुटीसँगै अन्य वन्यजन्तुको सुकुटी पनि बिक्री हुन्छ।
यस क्षेत्रका होटलमा जताततै भेडाबाख्राको सुकुटी झुन्ड्याइएको देखिन्छ। ग्राहकबारे राम्ररी थाहा नपाएसम्म उनीहरू वन्यजन्तुको सुकुटीबारे कुरै गर्दैनन्। 'अरू ठाउँमा पाइन्छ होला, हाम्रोमा त भेडाको मात्र पाइन्छ,' सुरुमा होटल सञ्चालकले यस्तै जवाफ दिन्छन्।
काँडा गाविसमा यार्सा संकलन २०६० पछि ह्वात्तै बढेको स्थानीय बताउँछन्। यो वन्यजन्तु पनि अधिक पाइने क्षेत्र हो। दिनभर खट्दा पनि एउटा/दुइटा मात्रै यार्सा भेटिन थालेपछि संकलकको ध्यान वन्यजन्तुतर्फ गयो। 'हिमाली भेगमा वन्यजन्तु मार्न सहज छ, यार्सा संकलन गर्दा जस्तो दुःख हुन्न,' कालापानीमा भेटिएका यार्सा संकलक देवराज बोहराले भने, 'हतियार नहुनेले ढुंगा हानेर वा पासो थापेरै वन्यजन्तु मार्छन्।'
उनका अनुसार प्रहरी, प्रशासनको पहुँचभन्दा बाहिर रहेकाले केही संकलक र व्यापारी हतियार बोकेरै आउँछन्। उनीहरू यार्सा संकलनबाहेकको समय वन्यजन्तुको सिकारमै खट्छन्।
'मैले यार्सा संकलन गर्न थालेको एक दशक भइसक्यो, तर अहिलेसम्म यस क्षेत्रमा प्रहरी आएको थाहा छैन,' उनले भने। विकट र लेक लाग्ने क्षेत्र भएकाले प्रहरी यार्सा संकलन हुने क्षेत्रमा जान हिम्मत गर्दैन।
बझाङ सदरमुकाम चैनपुरबाट सुनिकोट हुँदै धमेना पुग्दा बाक्लो बस्ती भेटिन्छ, जहाँ प्रहरी, वन, स्वास्थ्यलगायत कार्यालय छन्। धमेनाबाट मेलबिसौनातर्फ लाग्दा भने बस्ती पातलिँदै जान्छ। साइपाल हिमाल रहेको काँडा गाविसले जिल्लाको आधाजसो भूभाग ओगटेको छ। कुल २९ प्रतिशत वनमध्ये आधाभन्दा बढी वन क्षेत्र काँडामै छ।
वन्यजन्तुको चोरीतस्करी राइढुंगीबाट हुम्लातर्फ हुने गर्छ। राइढुंगीनजिकै हुम्लाको सिमाना पर्छ, जहाँ वन्यजन्तुको सिकार अधिक हुन्छ। उक्त क्षेत्रमा बन्दुक पड्केको आवाज दिनहुँ सुनिन्छ।
वन्यजन्तुको बढी सिकार हुने अर्को क्षेत्र उरै भञ्ज्याङ वरपर हो। यो क्षेत्रका लागि भनेर धुली गाउँमा सीमा प्रहरी चौकी राखिएको छ। तर, नौ प्रहरी तैनाथ चौकीलाई गाउँमा सुरक्षा प्रदान गर्न नै हम्मे पर्छ, वन्यजन्तुको चोरीसिकार काबुभन्दा बाहिरको कुरा हो।
'गाउँको झैझगडा मिलाउनसमेत पर्याप्त जनशक्ति छैन,' सीमा प्रहरी चौकी धुलीका इन्चार्ज सई लोकेन्द्रसिंह पुजाराले भने, 'यो जनशक्तिले चोरीसिकार नियन्त्रण गर्न असम्भव छ।'
सई पुजाराका अनुसार वन्यजन्तु चोरीसिकारमा संलग्न व्यक्तिहरू हातहतियारसहित घुम्छन्। मुख्य नाका र केही क्षेत्रमा वन र सुरक्षाकर्मीको संयुक्त क्याम्प खडा गर्न सके वन्यजन्तु जोगाउन सकिने उनी बताउँछन्।
सीमा प्रहरी चौकी रहेको धुलीबाट उरै भञ्ज्याङ पुग्न तीन दिन पैदल हिँड्नुपर्छ। यही नाका भएर व्यापारी तथा सर्वसाधारण व्यापार गर्न तिब्बतको ताक्लाकोट जान्छन्। उनीहरूले यार्सा, सुकुटीलगायत सामग्री ताक्लाकोट पुर्यावउँछन्।
काँडा गाविसका सचिव धनबहादुर घर्तीले यस क्षेत्रमा निर्वाध रूपमा वन्यजन्तुको सिकार भइरहेको बताए। 'कसैको डर छैन, जतिबेला पनि वन्यजन्तुको सिकार हुन्छ,' घर्तीले भने, 'यस्तै स्थिति रहे वन्यजन्तुको नामनिशान मेटिन्छ।'
सचिव घर्ती दुई–चारजना कर्मचारीले चोरीसिकार रोक्न जोखिम मोल्न नसक्ने बताउँछन्। 'राज्यका सबै निकायलाई वन्यजन्तु नासिँदै गएको थाहा छ, तर रोक्न कसले पहल गर्ने?' उनले भने।
प्रहरी निगरानी नहुने भएकाले उरै लेक र राइढुंगी नाका चोरीतस्करीका लागि सहज मानिन्छ। २०६८ चैत दोस्रो साता भने तस्करले भारतबाट ल्याएको रक्तचन्दन यही नाका भएर तिब्बत लान खोज्दा प्रहरी र वन कर्मचारीले बरामद गरेको थियो। त्यतिबेला रिठापाटा गाविसको काउलीखोलामा १ सय ९४ थान गोलिया (३ हजार ६ सय ८० किलो) रक्तचन्दनसहित ७१ जना भरिया पक्राउ परेका थिए। अहिले यस क्षेत्रमा सुदूरपश्चिम क्षेत्रीय प्रहरी दंगा नियन्त्रण गणबाट आएका २० सुरक्षाकर्मीले गस्ती गरिरहेका छन्।
जिल्ला वन अधिकृत रमेश चन्द पनि यार्सा संकलन हुने सिजनमा वन्यजन्तुको सिकार बढी हुने गरेको बताउँछन्। 'यार्सा संकलन गर्ने बहानामा वन्यजन्तु मार्ने गरेको पाइएको छ,' उनले भने, 'बाहिर भेडाबाख्राको सुकुटी भन्दै वन्यजन्तुको सुकुटी बेच्दा रहेछन्।'
राज्यको कमजोर उपस्थिति बुझेर नै चोरीसिकारलाई व्यवसाय बनाउनेको संख्या बर्सेनि बढ्दै गएको वन अधिकृत चन्दको ठम्याइ छ। 'चोरीसिकारबाट मनग्य पैसा कमाउँदा रहेछन्, धेरैले तराई र राजधानीमा घर–जग्गा जोडेको सुनेका छौं,' उनले भने।
संकटमा डाँफे
जिल्ला वन कार्यालयका अधिकृत रमेश चन्द अहिलेकै अवस्थामा चारीसिकारी भइरहे केही वर्षभित्रै अधिकांश वन्यजन्तु लोप हुने बताउ“छन्। 'सुकुटीको व्यापार व्यापक रूपले हुने गरेको पाएका छौं,' उनले भने, 'सबै निकायले एकसाथ काम नगरेसम्म नियन्त्रण गर्न सकिँदैन।'
वन अधिकृत चन्दले राष्ट्रिय चरा डाँफे सबभन्दा बढी संकटमा रहेको बताए। उनका अनुसार तस्करले जौमा रक्सी मिसाएर डाँफे मार्न थालेका छन्। जौ डाँफेको मन पर्ने आहारा हो।
कर्मचारी अपुग
४७ गाविस रहेको बझाङमा ८ वटा मात्र रेन्जपोस्ट छन्। '२५–३० जना कर्मचारीले यतिधेरै क्षेत्रमा कसरी काम गर्नु!' वन अधिकृत चन्दले भने, 'सरकारले जिल्लाको अवस्था बुझेर कर्मचारी खटाउनुपर्छ।'
बिनाहतियार र थोरै जनशक्तिका भरमा वन कर्मचारीले दुर्गम भेगमा काम गर्न सक्ने स्थिति नरहेको उनले बताए। जनशक्ति अभावका कारण नै जिल्ला वन कार्यालयले संरक्षणको काम गर्न नसकेको उनको भनाइ छ।
वन्यजन्तु पाइने क्षेत्रमा व्यापारी तथा तस्कर हतियारसहित खुलेआम वनमा घुमफिर गरिरहेको वन अधिकृत चन्द आफैं बताउँछन्। 'तस्करबाट उल्टै कर्मचारी असुरक्षित छन्,' उनले भने, 'सिकारीलाई समात्छु भन्नु आफ्नै गलामा पासो हाल्नु जस्तै हो।'
उनले चोरीसिकार नियन्त्रण गर्न वन र प्रहरीको संयुक्त संयन्त्र बनाएर नाकामा खट्नुपर्ने बताए।

## |
0 comments:
...