Headlines News :
Home » » जापान होईन् अरब !!

जापान होईन् अरब !!

###
सुमन थापा
हजुरको छोरा कहाँ हुनुहुन्छ ?ज्वाई कहाँ हुनुहुन्छ ?, श्रीमान् कहाँ हुनुहुन्छ ? जवाफ—‘जापान’. साँच्चै सुन्नेलाई लाग्दो हो फलानोले त राम्रो प्रगति गरेछ । हात्तीको देखाउने दाँत र चपाउने दाँत फरक भएजस्तै जापानको जीन्दगी पनि त्यसतै छ । बल्लतल्ल प्लस टु सक्यो नेपालमा केही गर्न सक्ने स्थिती रहदैन, कहाँ जाने त भनेर सोच्यो दिमागमा फ्यात्त आईहाल्छ जापान । खाडी मुलुक जाउँ समाजले हेर्ने दृष्टिकोण फरक छ,, जसोतसो ऋण खोज्यो विद्यार्थी भिषामा जापान छिर्यो अनि केही दिनमै किन आएछु भन्दै पुन्पुरो समायो बस्यो । अधिकांश नेपाली विद्यार्थीहरुको व्यथा यस्तै छ ।
नेपालबाट ठूल्ठूला सपना बोकेर जापान आउनेहरु केही दिनमै हतोत्साहित हुने गर्छन् । आएको केही महिनासम्म कामबिहीन भई बस्नुपर्दा उनीहरुले जसरी जापानलाई बुझेका थिए ती सबै बुझाईहरु एकपछि अर्को गर्दै भत्किक्दैँ जान थाल्दछ । १३ लाख रुपैयाँ ऋण गरेर लाखौँ लाख कमाइन्छ भन्ने सोचेर आयो यहाँ आउँदा कामै नपाएर बस्नुपर्दाको पीडा के कस्तो होला ? अलिक दिनपछि काम पायो नेपालबाट यहाँको स्कुललाई तिरेर आएको पैसा सकिन्छ अनि त्यही कामको पैसाले पढाई खर्चतिर, कोठाभाडा तिर, खाना खर्च व्यवस्थापन लगातका खर्चहरुले महिनाभरीको तलब सराभरी नै हुन्छ ।
केही महिना अघि मात्र जापान, फुकोका आईपुगेका चितवनका राम शर्मा अहिले कामबिहीन अवस्थामा बसिरहेका छन् । ‘आएको तीन महिना भैसक्यो स्कूललाई काम खोज्न अनुरोध गर्दा अझै दुई महिना कुर्न भन्छ’, उनले भने–‘नेपालबाट ल्याएको पैसा पनि सकिसक्यो मेरो कारणले परिवार पनि दुखित छ ।’ गिरी जस्ता धेरै विद्यार्थीहरुले आएको महिनौसम्म पनि काम पाएका छैनन् ।
काठमाडौँका राजेश सापकोटा अहिले जापानको चिवामा छन् । उनी आएको लगभग दुई वर्ष हुन लाग्यो । आएको ऋण अहिलेसम्म पनि तिर्न सकेका छैनन् । भन्छन्–‘महिना दिनसम्म जागिर नपाएरै बस्नुप¥यो, बल्लतल्ल स्कुलले जागिर लगाईदियो त्यहाँबाट आएको पैसा पनि स्कुल फिस र घरभाडा तिर्दामै ठिक्क ।’ केही समयपछि दुईवटा जागिर गर्न थालेपछि भने केही पैसा बचत भैरहेको सापकोटा बताउँछन् ।
जापान आएको महिनौसम्म पनि उनीहरुले जागिर नपाएपछि भन्न थालेका छन् बरु ‘अरब’ गएको भए यत्तिबेला कत्ति पैसा घर पठाई सकिन्थ्यो । ‘१३ लाख रुपैयाँ लगानी गरेर जापान आउनुभन्दा १ लाख खर्च गरेर अरब लागेको भए घरमा बुबा आमालाई पिडा त हुने थिएन् ।’ पाल्पाका रमेश अर्घली मगरले भने । उनले विद्यार्थी भिषामा जापान नआउनका लागि सुझाव दिन्छन् । ‘सकिन्छ नेपालमै केही गरौँ, सकिन्न ऋण गरेर जापान नआऔँ ।’ उनि भन्छन्–‘पछि पछुताउनु भन्दा पहिले नै होस पु¥याउदा बेस हुन्छ ।’ जापान आएका धेरै विद्यार्थीहरु मानसिक रुपमा विक्षिप्त बनिरहेका छन् । घरपरिवारबाट काम कहिले पाउँछस्, पैसा कहिले पठाउँछस् भनेर दिनप्रतिदिन सोधिने प्रश्नले उनीहरुलाई हरेक दिन सताउने गरेको छ ।
जापानमा विद्यार्थी पठाउने कन्सलटेन्सीहरु पैसाले अघाएर डकार छाडिरहेका छन् । एकजना विद्यार्थी बराबर कम्तिमा १ लाख रुपैयाँ जापानको स्कुलबाट कमिशन बुझछन् भने विद्यार्थीबाट थोरैमा ५० हजारभन्दा माथिको रकम सेवा शुल्कको नाममा असुल्ने गर्छन् । कनसेलटेन्सीहरुले जापानका बारेमा भए नभएका कुराहरु आकर्षक शैलीमा फुलबुट्टा भरेर परामर्श दिने हुँदा यहाँ आएपछि त्यो अनुरुपको वातावरण पाउन सक्दैनने जस्ले गर्दा निराशाको बाटोतर्फे धकेल्न थप मदत पु¥याईरहेको छ ।
जापानमा भविष्य नभएको भने होईन धेरै नेपालीहरुले आफूलाई दरो रुपमा उभ्याउन सफल पनि भएका छन् । धेरै मिहिनेताका बाबजुद उनीहरुले सफलतालाई चुमेका हुन् । करिब १० वर्ष अघि जापान आएका नविन अधिकारी अहिले जापानमा जमेर बसेका छन् । उनी भन्छन्–‘चाँडो भन्ने कुरा केही हुँदैन संघर्ष गर्न जान्नुपर्छ अनि त्यो भन्दा मह्त्वपूर्ण मनलाई धैर्यवान बनाउन सक्नुपर्दछ । एक दिन सफल अवश्य भैन्छ किनकी जापानमा अवसरहरुको मूल नै छ ।’
जापानमा पैसा कमाउन नसकिने भन्ने होइन कमाउन सकिन्छ तर कमाएको पैसा जति पढाईखर्चमा लगानि गर्नुपर्ने हुन्छ । विद्यार्थी भिषामा आएको हुँदा यहाँ नपढी सुखै छैन् नभए जापान रहन पाउने आधार रहँदैन् । कमाएको पैसा नेपाल प७ाएको पाईयो भने अध्यागमन विभागले भिषा नथप्न पनि सक्छ । विद्यार्थीलाई हप्तामा जम्मा २८ घण्टा मात्र काम गर्ने अनुमति जापान सरकारले दिएको छ । त्यो भन्दा ब९ढी गर्नु गैरकानुनी मानिएपनि निर्धारित समय भन्दा बढी काम गर्नेहरु प्रशस्तै भेटिन्छन् । कमाएको पैसा जापानमै लगानी होस् भन्ने जापान सरकार चाहन्छ ।
जापान आउने वित्तिकै काम पाईन्छ अनि लाखौलाख कमाउछुु भन्ने सोचाई राखेर कोही पनि नआउँदा राम्रो हुन्छ । ठूलो सपना देखेर यहाँ आउँदा धेरै जना दुर्घटनाको शिकार भएका छन् । सकिन्छ अहिलेको अवस्थामा जापान नआउँदा नै राम्रो । पाल्पाका अर्घाली मगरले भने जस्तै ‘सकेसम्म देशमा केही गरौँ सकिँदैन जापान होईन अरब जाऊँ ।’ कुन देशको नाम के हो ? भन्ने तर्फ नलागी कम लगानीमा बढी आम्दानी हुने देश नै पहिलो रोजाई बन्नुपर्छ । एक नेपाली खाडीमुलुक गएर लाख कमाउँदा राम्रो गरेको नदेख्ने तर, नामचलेका भनिएका देशमा गएर कत्ति नकमाउँदा पनि वाह् भन्ने हाम्रो समाजको हेराई बदलिनुपर्छ ।
–फुकोका, जापान
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar