Headlines News :
Home » » विश्वकपमा आजराती ब्राजिल र चिली तथा कोलम्बिया र उरुग्वे भिड्ने

विश्वकपमा आजराती ब्राजिल र चिली तथा कोलम्बिया र उरुग्वे भिड्ने

###
काठमाडौं, आषाढ १४ । ब्राजिलमा जारी विश्वकप फुटबलमा आजबाट नक आउट चरणका खेलहरु सुरु हुँदैछन् । आज वेलुकी पौने १० वजे आयोजक ब्राजिलले चिलीको सामना गर्नेछ । यसैगरी भोलि विहान पौने २ वजे कोलम्बिया र उरुग्वे भिड्नेछन् ।
दक्षिण अमेरीकी महादेशका यी चार टोली नक आउट चरणको सुरुमै भिड्न लागेकोले दुई वटा लेटिन अमेरीकी मुलुक राउण्ड अफ सिक्सटीन बाटै घर फर्किने पक्का छ । यसपटक प्रतियोगितामा सहभागि ६ वटा दक्षिण अमेरीकी टोलीहरुमध्ये ईक्वेडर बाहेकका ५ टोली दोस्रो चरणमा प्रवेश गर्न सफल भएका थिए ।
जारी विश्वकपमा ब्राजिल समूह ए को विजेता हो । त्यसैगरी अहिलेसम्म उपाधि जित्न नसकेको चिली समूह बी को उपविजेता हो । नेमार, ओस्कार, विलियन जस्ता युवा खेलाडीहरुको बलमा ब्राजिललाई यसपटक उपाधिको मुख्य दावेदार मानिएको छ ।
पाँच पटकको विश्वकप विजेता ब्राजिलले घरेलु मैदान र समर्थकको फाइदा उठाउने छ । विश्व फुटबलको सर्वाधिक सफल टोली ब्राजिल र विश्वकपमा एक पटक मात्रै क्वाटरफाईनलसम्म पुगेको राष्ट्र चिलीबीचको यो लेटिन अमेरीकी भिडन्तलाई निकै उत्साहको साथ हेरिएको छ ।
विश्वकप फुटबल अन्तर्गत भोलि विहान पौने २ बजे हुने खेलमा कोलम्बिया र उरुग्वे भिड्नेछन् । जारी विश्वकपमा कोलम्बिया समूह सी को विजेता हो भने उरुग्वे समूह डी को उपविजेता हो ।
अहिलेसम्म विश्वकपमा चमत्कार देखाउन नसकेको कोलम्बिया यसपटक समुह चरणमा सत्प्रतिशत नतिजा निकाल्दै अगाडि बढेको छ । दुई पटकको विश्वकप विजेता उरुग्वेले पनि गु्रप अफ डेथ पार गर्दै नक आउट चरणमा ठाउँ बनाएको हो । उरुग्वेको समुहबाट इंग्लण्ड र ईटाली जस्ता दावेदार राष्ट्रहरु समुह चरणबाटै घर फर्किएका छन् ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar