Headlines News :
Home » , » हुर्रे! नेपाललाई टीट्वेन्टी अन्तराष्ट्रियको हैसियत

हुर्रे! नेपाललाई टीट्वेन्टी अन्तराष्ट्रियको हैसियत

###
काठमाडौं : अन्तराष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले नेपाललाई टीट्वेन्टी अन्तराष्ट्रियको हैसियत(स्टाटस) प्रदान गरेको छ। अस्ट्रेलियाको मेलबर्नमा भएको आईसीसीको बोर्ड बैठकले नेपाललाई टीट्वेन्टी अन्तराष्ट्रियको हैसियत दिने निर्णय गरेको हो। टिट्वेन्टीका लागी मात्र अन्तराष्ट्रिय स्टाटस प्रदान गरिएको यो पहिलो पटक हो। आईसीसीले एसोसिएट सदस्यलाई एकदिवशिय अन्तराष्ट्रियको हैसियत प्रदान गर्ने गरेको थियो। एकदिवशिय अन्तराष्ट्रिय मान्यता पाउने एसोसिएटले स्वत टीट्वेन्टी अन्तराष्ट्रियको हैसियत पाउने गरेका थिए। नेपालले एकदिवशिय अन्तराष्ट्रियको मान्यता पाउन सकेको थिएन।

तर गत टीट्वेन्टी विश्वकपमा सानदार प्रदर्शन गरेपछि नेपालसँगै अर्को एसोसिएट टोली नेदरल्यान्ड्सलाई टीट्वेन्टी अन्तराष्ट्रियको हैसियत प्रदान गरिएको छ। अब १० टेस्ट राष्ट्र, एकदिवशिय मान्यताप्राप्त ६ वटा एसोसिएट राष्ट्रसहित नेपाल र नेदरल्यान्ड्सले खेलेका टीट्वेन्टी खेलले टीट्वेन्टी अन्तराष्ट्रियको मान्यता पाउने छन। यी टोलीहरु सँग नेपालले टीट्वेन्टी क्रिकेट खेल्ने सक्ने छ।

एसोसिएट राष्ट्र अफगानिस्तान,हङकङ, आयरल्यान्ड, स्कटल्यान्ड,पपुआन्युगिनी र युएईले एकदिवशिय अन्तराष्ट्रियको मान्यता पाएका छन। पहिलो पटक टीट्वेन्टी विश्वकप खेलेको नेपाल पहिलो चरणबाटै बाहिरिएपनि तिनमध्ये दुई टोलीलाई हराउन सफल भएको थियो। बंग्लादेशसँग हारेको थियो भने हङकङ र अफगानिस्तानलाई पराजित गरेको थियो।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar