Headlines News :
Home » , » जबरजस्ती सिन्दुर हालिएकी महिलाको सन्तुलन बिग्रियो

जबरजस्ती सिन्दुर हालिएकी महिलाको सन्तुलन बिग्रियो

###
बझाङ : चौधारी गाविस ४ घर भएकी सुर्यकलाकुमारी रावललाई खातीगाउँका केटाहरूले बैशाख २४ गते जबरजस्ती सिंदुर हालेर घर लैजान खोजेपछि हाल यी महिलाको मानसिक सन्तुलन बिग्रेको छ। चौधारी उमाविमा पढ्ने सुर्यकला अहिले एक्लै बस्ने टोलाउने, मा:यो आऊ बचाऊ भन्दै चिच्याएर बेहोस हुने गरेकी छिन्।

अहिले सुर्यकला पागल जस्तै भएकी छिन्। मंगलबार जिल्ला प्रशासनमा बयानका लागि आएकी सुर्यकला जिल्ला प्रशासन कार्यालयभित्रै चिच्याइन्,कराइन्। उनी बेहोस भइन्। बयानका लागि आएकी सुर्यकलालाई उनका आफन्त र महिला अधिकारकर्मीले जिल्ला प्रशासन कार्यालयबाट समातेर महिला सेफ हाउसमा लगेर राखे। आधा घण्टापछि उनको होस खुल्यो।

जिल्ला प्रशासनमा नागरिता बनाउन आएका मानिसले पनि सुर्यकलाको अवस्था देख्दा उनलाई यस्तो अवस्थामा पु:याउने अपराधीहरूलाई राज्यले कारबाही गर्नुपर्ने बताए। सुर्यकलाको मुद्दा दर्ता भएको महिना दिनभन्दा बढी भएको छ। जिल्ला प्रशासनमा उनलाई जबरजस्ती सिन्दुर हाल्नेहरुलाई पनि बयानका लागि ल्याएको थियो । उनीहरू देखेपछि सुर्यकला झन् बेहोस भएकी थिइन् ।

सुर्यकलालाई तान्नेहरू यसभन्दा अगाडी भारतको बंलोरमा फरार भएका थिए। उनीहरूको घरमा चिठ्ठी दिएपछि यो सातामात्र आफै जिल्ला प्रशासनमा आएका हुन्। घटनामा संलग्न ९ जनाको नाममा जाहेरी भएपनि विकास खाती, शुरेस खाती, अर्जुन खाती, राजेश खाती, र दिनेश खाती मात्र प्रहरीको नियन्त्रणमा छन्। विर्जन खाती , लक्ष्मण खाती दिनेश खाती अझै फरार छन्। आजै चौधारी गाविसका अगुवा महिला पनि सुर्यकलाका अपराधीलाई कडा सजाय हुनुपर्छ भनेर एक दिनको बाटो हिडेर जिल्लामा आएका थिए। उनीहरूले प्रहरी प्रशासन,महिला अधिकारकर्मी र संचारकर्मीसँग सुर्यकलालाई न्याय दिलाइदिन आग्रह गरिन्।

सुर्यकलाकी आमा बेलुदेवी रावल भन्छिन् "सुरुको दिनमा हामीहरूले जबरजस्ती करणीको मुद्दा दिएका थियौ, तर प्रहरीबाटै यसको प्रमाण पुग्दैन भनेर सार्वजनिक मुद्दालगाई अपराधीलाई प्रहरीबाटै उन्मुक्ति दिइयो ।" उनी सार्वजनिक मुद्दा लगाएकोमा असुन्तुष्ट छिन्। सुर्यकलाको मुद्दा हेरी रहेका सरकारी वकिल उदयचन्द अधिकारीले सार्वजनिक अपराध र सजाय कसुर ऐन २०२७ अनुसार अभियुक्त हरूलाई हदैसम्मको कारबाहीको लागि आफ्नो प्रमुख जिल्ला अधिकारीसँग माग रहने बताए। यता प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले यस घटनालाई आफूले गम्भीर रुपमा लिएको र कानुन अनुसार उनिहरुलाई हदै सम्मको सजाए गर्ने बताए।

##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar