### |
काठमाडौं- प्रहरी प्रधान कार्यालयले बुधबार आफ्नो फेसबुक एकाउन्टमा अनुशासन कायम गर्ने बहानामा बालबालिकामा प्रहरीबारे डर–त्रास पैदा नगर्न आग्रह गर्दै प्रहरी र बालिका सँगै उभिएको तस्बिर राख्यो।
'हामी चाहन्छौं, साँच्चै नै डर–त्रास महसुस भए कुनै पनि बच्चाले निर्धक्कसाथ नजिकको प्रहरीमा सम्पर्क गर्न सकून्,' प्रहरी सन्देशमा उल्लेख छ, 'सचेत नागरिक र प्रहरीको सहकार्यबाट बालबालिकाका लागि अपराधरहित भयमुक्त समाज सिर्जना गरौं।'
प्रधान कार्यालयले बुधबार १ बजे फेसबुकमा राखेको उक्त सन्देशलाई बेलुका ९ बजेसम्ममा २५ हजार ५ सयले मन पराए भने २ हजारले सामाजिक सञ्जालमा बाँडे।
'सही विÈय पोस्ट गर्नुभएको छ। हाम्रो गाउ“घरमा बच्चालाई डर पैदा गराउन 'प्रहरीले समातेर लान्छ' भन्ने गरिन्छ,' धनकुटा क्याम्पसका लक्ष्मण थापाले उक्त पोस्टमा प्रतिक्रिया दिएका छन्, 'यस्तो डरले बालमस्तिष्कमा पार्ने प्रभावबारे गम्भीर भएको पाइँदैन।'
उक्त पोस्टमा आएका ४ सय ८३ प्रतिक्रियामध्ये अधिकांशले प्रहरीको सन्देशको समर्थन गरेका छन्।
खाना खान वा होमवर्क गर्न र सुत्न नमान्दा अभिभावकले भूत वा प्रहरीको नाम लिने गरेका छन्। यसले उनीहरूमा आफूहरूप्रति नकारात्मक प्रभाव पर्ने प्रहरीको ठम्याइ छ।
मनोविज्ञ डा. सिपी सेढाईं केही बालबालिका वंशाणुगत रूपमै बलियो मानसिकताका हुने भए पनि हुर्काइका क्रममा वातावरणले गहिरो प्रभाव पार्ने बताउँछन्। हुर्कने क्रममा बालबालिकामा अभिभावक र विद्यालयबाट आउने सकारात्मक र नकारात्मक सन्देशको प्रभाव आफैं निर्णय गर्नसक्ने अवस्थामा नपुगेसम्म रहिरहने उनको भनाइ छ।
'बालबालिकालाई तर्साउन प्रहरीको नाम लिँदा त्यसको नकारात्मक प्रभाव पछिसम्म पर्छ नै,' उनले नागरिकसँग भने, 'राम्रो खेलौना दिने, घुमाउन लैजाने जस्ता सकारात्मक व्यवहारले बालबालिकाको हुर्काइ राम्रो हुन्छ।'
प्रहरीको कार्यशैली र व्यवहार सुधारसँगै अभिभावकको व्यवहारका कारण बालमस्तिष्कमा प्रहरीबारे पर्ने प्रभावलाई मध्यनजर गरेर सामाजिक सञ्जालबाट अभिभावक सचेतना अभियान सुरुआत गरिएको प्रहरी प्रवक्ता गणेश केसीले बताए। 'कलिलै उमेरमा प्रहरीबारे नकारात्मक छवि कायम रहे प्रहरीसँग सकेसम्म टाढै बस्न रुचाउने, प्रहरी कार्यालयमा जानै नचाहने र अति नै संकट परेमात्रै प्रहरीको सम्पर्कमा जाने समस्या देखिएकाले समाजमैत्री प्रहरीको विकास गर्न सामाजिक सञ्जालको सहायता लिइएको हो,' उनले भने।
उनले बालमस्तिष्कमा प्रहरी सहयोगी हो भन्ने भावना बढाउन प्रयास गरेको बताए। 'प्रहरी देखेर भाग्ने हैन, समस्या परे प्रहरीकोमा जानुपर्छ भन्ने सन्देश फेसबुकबाट प्रवाह गर्न खोजेका हौं,' केसीले नागरिकसँग भने, 'यो सन्देश परीक्षणका लागि सामाजिक सञ्जालमा राखिएको हो।'
उनले यसको प्रभावकारिताका आधारमा प्रधान कार्यालयले अभिभावक सचेतना अभियान अगाडि बढाउने तयारी गरेको बताए।

## |
0 comments:
...