Headlines News :
Home » » फेसबुकमा कहिल्यै पोष्ट गर्न नुहने पाँच कुरा

फेसबुकमा कहिल्यै पोष्ट गर्न नुहने पाँच कुरा

###
 सोसल मिडियामा धेरैजसो मानिसहरु आशक्त भएका छन् । आजकाल युवा र उमेर पुगेका मानिसहरु पनि फेसबुक–ट्विटरको प्रयोग गरिरहेका देखिन्छन् । फेसबुक मानिसहरुको जीवनको एक अभिन्न मित्र बनिसकेको छ । साथीभाई, इष्टमित्रसँग सम्पर्कमा रहिरनका लागि यो एउटा राम्रो र सजिलो माध्ययम बनेको छ । फेसबुकमार्फत हामी आफ्ना जिन्दगीसँग जोडिएका धेरै कुराहरु आफ्ना साथीहरु, आफन्तसँग बाँड्ने गर्दछौँ । आफ्नो फेसबुकलाई आफ्ना साथीहरु बाहेक अरु कसले हेरेको छ भन्ने कुरा हामीलाई थाहा हुँदैन त्यसकारण कुनै कुराहरु पोष्ट गर्नुपूर्व एकपटक राम्रोसँग सोच्नुपर्ने हुन्छ । फेसबुकमा कस्तो कुराहरु पोष्ट गर्नबाट बच्नुपर्छ भन्ने कुरा यहाँ दिइएको छ ।


  •  आफ्नो र परिवारको पूरै जन्मदिन


 फेसबुकमा हामी आफ्नो जन्म मिति, परिवारको जानकारी निकै सजिलो तरिकाले पोष्ट गर्ने गछौँ । हामीलाई हाम्रो जन्मदिनमा फेसबुक वालमा आउने जन्मदिनको सन्देश निकै राम्रो लाग्ने गर्दछ तर आफ्नो जन्म दिन यहाँ सेयर गरेर तपाईं साइबर चोरहरुलाई आफ्नो निजि जानकारी दिइरहनु भएको छ ।


  •  सम्बन्धको स्थितिलाई गोप्य राख्नुहोस्


 फेसबुकमा सम्बन्धको स्थितिलाई मानिसहरु निकै सजिलो तरिकाले शेयर गर्ने गर्दछन् । तर यदि तपाईं सम्बन्धमा हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुरा फेसबुकमा शेयर गर्ने कुरा होइन । यसबाट तपाईंमाथि याद गरिरहेका मानिसहरुले तपाईं कहिले एक्लो हुनुहुन्छ र सम्बन्धमा हुनुहुन्छ भन्ने कुरा सजिलै थाहा पाउँछन् । यो जानकारी तपाईंको लागि समस्याको जड हुनसक्छ ।


  • वर्तमान ठाउँ पोष्ट नगर्नुहोस् 


कोहि मानिसहरुको बानी नै हुन्छ छिन–छिनमा आफ्नो फेसबुक अपडेट गर्ने । कुन रेष्टुरेन्टमा खाना खाइरहेका छन् र यसका साथै त्यहाँको पूरै लोकेसन ट्याग गर्ने गर्दछन् । तर यस्तो गर्नु राम्रो होइन । यसबाट मानिसहरुलाई तपाईं कहाँ हुनुहुन्छ भन्ने कुराको जानकारी हुन्छ र यदि तपाईंलाई लुट्न प्रयास गरिरहेका मानिसहरु छन् भने उनीहरुलाई यस्तो पोष्टले निकै सहयोग गर्ने गर्दछ ।


  • घरमा एक्लै भएको कुरा 


तपाईं घरमा एक्लै भएको कुरालाई कहिले पनि पोष्ट नगर्नुहोला । विशेषगरि अभिभावकहरुले यो कुराको ध्यान दिनुपर्ने हुन्छ ता कि आफ्ना बच्चाहरुले यस्तो कुराहरु कहिले पनि फेसबुकमा पोष्ट नगरुन् । यस्तो अवस्थामाल तपाईं कोहि पनि अपरिचितलाई आफ्नो बारेमा जानकारी दिँदैहुनुहुन्छ जसको फाइदा उनीहरुले तपाईंबाट उठाउन सक्छन् ।


  •  तस्बिरमा नामसँगै ट्याग


 थुप्रै मानिसहरु आफ्नो बच्चाहरुको धेरै फोटो उनीहरुलाई ट्याग गरेर पोष्ट गर्ने गर्दछन् । कसैले त बच्चा जन्मनेबित्तिकै बच्चाको फोटोसँगै हस्पिटलको ठेगाना पनि पोष्ट गर्ने गर्दछन् । यदि तपाईं कुनै फोटो पोष्ट गरिरहनुभएको छ भने त्यसमा कसैलाई पनि ट्याग नगरि पोष्ट गर्नुहोला । साइबरसँग जोडिएका थुप्रै अपराधमा मानिसहरु पक्राउ परिरहेका छन् । यसबाट बच्न यसको प्रयोगमा प्रतिबन्धको साटो यसलाई कसरी बुद्धिमानीपूर्वक प्रयोग गर्ने भन्ने बारेमा सोच्नु जरुरी छ । आफ्नो तर्फबाट सुरक्षाको तरिका अपनाएमा भविष्यमा आइपर्ने घटनालाई न्यूनिकरण गर्न सकिन्छ
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar