Headlines News :
Home » , » यमपञ्चकको तेस्रो दिन आज गाइतिहार

यमपञ्चकको तेस्रो दिन आज गाइतिहार

###
काठमाडौं, कार्तिक ६ । यमपञ्चकको तेस्रो दिन आज देशभर गाईपूजा गरिँदैछ । आजको दिन बिहानै गाईलाई पूजा गरी, माला लगाइदिएर मीठामीठा परिकार खान दिने गरिन्छ ।

आजै धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पनि गरिँदैछ । बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने भनाइअनुसार साँझ घरको चारैतिर सफासुग्घर गरी दैलो, संघार, झ्यालढोका, कौसी, अटाली, भ¥याङलगायतका ठाउँमा बत्ती बाली लक्ष्मीको स्वागत गरिन्छ ।

लक्ष्मीपूजाको रातलाई सुखरात्री पनि भन्ने गरिन्छ । साँझ मूलद्धारदेखि लक्ष्मी स्थापना गर्ने कोठासम्म रातोमाटोले पोतेर चामलको पीठो र अवीरले लक्ष्मीको पैताला बनाइ केराको सुत्लामा बत्ती बाल्ने चलन छ ।

गृहिणीहरु साँझ दीपावली गरिसकेपछि लक्ष्मी थापेर गरगहना, पैसा, धान, चामल, फलफूल, रोटी र फूलमाला चढाइ लक्ष्मीको मूर्ति वा तस्वीरमा पूजा गर्दछन् । लक्ष्मीपूजाका दिन लक्ष्मीको प्रतीक मानी छोरीको पूजा गर्ने चलन छ ।

लक्ष्मीपूजा गरेपछि त्यसदिन आफूसँग भएको पैसा वा अरु चलअचल सम्पत्ति बाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने लोकोक्ति छ । साँझ किशोरकिशोरीले समूह बनाइ घरघरमा भैलो खेल्छन् । यसरी भैलो खेल्दै हिँड्ने समूहलाई धान, चामल, पैसा र नैवेद्य दिने चलन छ । 
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar