### |
काठमाडौं, असार १९ – महाधिवेशनमा प्रविधिको व्यापक प्रयोग गर्ने बताएको नेकपा एमालेले रोबोटको कला पनि प्रस्तुत गरेको छ ।
महाधिवेशन उद्घाटन सत्रमा रोबोटको माध्यमबाट पाहुनाको स्वागत गरिएको हो ।
उदघोषण गर्ने क्रममा पोडियम जुरुक्क उठ्यो । उदघोषणको जिम्मा लिएका एमाले महासचिव इश्वर पोख्रेलले अतिथिलाई आशन ग्रहण गराउनुभयो । अध्यक्ष झलनाथ खनाललाई पानशमा दीप प्रज्ज्वलन गर्न आग्रह गरे पनि वरिपरि कतै पानश थिएन । खनाल जुरुक्क उठेर अघि बढ्ने वित्तिकै पोडियम छेवैबाट पानश उठ्यो ।
पार्टी अध्यक्ष खनालले पानसमा बत्ति बालेपछि हेलिकोप्टर जस्तै साना आकारका दुईवटा रोबोट पोडियमको अगाडि दायाबायाबाट हलमाथि घुम्न थाले । यसरी हेलकोप्टरकै जस्तो आवाजमा आकाशमा रोबोट उठेको देख्दा नेता, कार्यकर्ता र उपस्थित पाहुना सबैलाई नयाँ र नौलो लाग्यो । सबैले छक्क परेर रोबोट घुमेको हेरे । धेरैले क्यामरा र मोबाइलबाट फोटो खिच्न थाले ।
हेर्नुस कार्यक्रमको भिडियो ।

## |
0 comments:
...