### |
सुनार गुल्मी , असार १९ ।
गुल्मीको अर्खलेमा आवत जावतमा असुरक्षित हुने गरी सडक देखि माथी भिरमा खस्ने अवस्थामा रहेको विशाल ढुङ्गा आज नेपाली सेनाले बम बलास्ट गरी फोरेर सडक सुचारु गरेको छ । सदरमुकाम तम्घास देखि पश्चिम तर्फको अति व्यस्त सडक खण्डको अर्खलेस्थित रैदिमा रहेको विशाल ढुङ्गा नेपाली सेना कालगिण्डकी कोरिडोर, सडक निर्माण कार्यदलले फोरेको हो ।
कार्यदलका कमाण्डर प्रमुख सेनानी रेश्मीराज भट्टराईको नेतृत्वमा आएको टोलीले नेपोलाईज भनिने ६ सय ६६ वटा विस्फोटक पदार्थका टुक्राहरु प्रयोग गरी फोरेको थियो । वम विस्फोट हुँदा मानविय र चौपायहरुमा अपिर्य घटना घट्न सक्ने भएकोले सुरुक्षाका लागि प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले चारै तिर प्रहरी तैनाथ गराएका थिए ।
प्रजिअ ढकाल सहित पुगेका नेपाली सेना गुरुगोरख गुल्म धागीथुमका गुल्मपति सेनानी भिम शंकर वन, सशस्त्र प्रहरी गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायव उपरिक्षक टोपबहादुर खनाल, एकिकृत नेकपा माओवादी नेता बुद्धि जिसी, नेपाल प्रहरी र ट्रफिक प्रहरीहरुले झण्डै तिन घण्टा लगाएर सडकमा खसेको ढुङ्ग हटाएर यातयात सुचारु गराएका थिए ।
असार १३ गते सेना , शस्त्र प्रहरीले दिनै भर उक्त ढुङ्गा हटाउन लागि परे पनि सम्भव नभए पछि सेनाको बम विष्फोट विज्ञ टोलीलाई बोलाउनु परेको प्रजिअ ढकालले बताए । अविरल वर्षा भएको अवस्थामा सेना, शस्त्र प्रहरीलाइ उक्त ढुङ्ग हटाउन निकै कठिनाई भएको थियो । सेना, सशस्त्रका गुल्मपतिहरु र सिडियोले समेत सडकका ढुङ्गा हटाउन लागी परेको देखि पछि बाटो हिडेका जनता पनि उनिहरु संगै काम गरेका थिए । उक्ता ढुङ्ग सडक देखि माथी खस्ने अवस्थामा रहेपछि यातयातमा सवार र पैदल यात्री समेत त्रसित भई वैकल्पीक मार्ग खोज्न बाध्य भएका थिए ।

## |
0 comments:
...