Headlines News :
Home » , » ललितपुरको पुल्चोकमा युवकको घाँटी रेटी हत्या

ललितपुरको पुल्चोकमा युवकको घाँटी रेटी हत्या

###
ललितपुरको पुल्चोकमा एक युवकको हत्या भएको छ । कान्तिपुर हाइटको दक्षिणतर्फ एक युवकको घाँटी रेटी हत्या भएको प्रहरीले जनाएको छ।प्रहरीले कान्तिपुर एफएमको पछाडि उग्रतारा पाटी सँगै रहेको मकैबारीमा घाटी रेटेर हत्या भएको अवस्थामा फेला परेका छ।
अन्दाजी २२ वर्षको ती युवकले निलो चप्पल, सेतो सर्ट र खैरो पाइन्ट लगाएका छन्। उनको सनाखत हुन सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको ललितपुर प्रहरीका प्रवक्ता डिएसपी पवनकुमार गिरीले बताए। उनको शवलाई अहिले पोस्टमार्टमका लागि पाटन अस्पताल लगनखेलमा लगिएको छ ।
ललितपुरको पुल्चोक वर्षेनी एक जनाको हत्या हुँदै आएको छ । २ वर्ष अघि पनि पुल्चोकको एक मेडिकलमा एक युवकको हत्या भएको थियो एक वर्ष अघि  सुनचाँदी पसलमा काम गर्ने मारिएका थिए । तर प्रहरीले दुबै हत्याको हत्याराहरुलाई पक्राउ गरेको थियो ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar