|
###
|
काठमाडौं-जाँडरक्सी खाई गाडी चलाउनेलाई कडा कारबाही गर्दै आइरहेको महानगरीय टाफिक प्रहरी महाशाखाले अबदेखि सेवनको मात्रा पत्ता लगाउने ब्रेथलाइजर प्रयोगमा ल्याउने भएको छ।
महाशाखाले अर्को सातादेखि प्रयोगमा ल्याउन लागेको नयाँ ब्रेथलाइजरले चेकिङ स्थानमै चालकलाई सेवनको मात्रासहितको कागज प्रिन्ट गरेर उपलब्ध गराउनेछ। यसअघि प्रयोगमा ल्याइएको ब्रेथलाइजरले पिए नपिएको मात्र पत्ता लगाउँथ्यो।
महाशाखा प्रमुख डिआइजी केशव अधिकारीका अनुसार उपत्यकाका विभिन्न १८ स्थानमा नयाँ डिजिटल ब्रेथलाइजर प्रयोगमा ल्याइनेछ। ‘अब चालकले कति मात्रामा पिएको छ भन्ने कुरा तुरुन्तै पत्ता लाग्ने भएको छ,' उनले भने, ‘नयाँ ब्रेथलाइजर प्रयोगपछि पिएको छैन भन्नेहरुलाई तुरुन्त प्रिन्ट उपलब्ध गराउन सकिनेछ।' प्रहरी प्रधान कार्यालयले महाशाखालाई १८ वटा ब्रेथलाइजर उपलब्ध गराएको हो।
महाशाखाका अनुसार एउटा डिजिटल ब्रेथलाइजरको एक लाख ३५ हजार ४ सय ५९ रुपैयाँ पर्छ। पिएको मात्रा मात्र नभई उक्त ब्रेथलाइजरको सहायतामा व्यक्तिको नाम, सवारी चालक अनुमतिपत्र नम्बर, सवारी नम्बर लगायत विवरण प्रिन्टमा आउनेछ। उक्त मेसिनमा चार जिबीको मेमोरी कार्ड भएकाले पिउनेको विवरण समेत सुरक्षित राख्न सकिने अधिकारीले जानकारी दिए।
‘नयाँ ब्रेथलाइजरमा मेमोरी कार्डसमेत रहेकाले हामीले चालकको विवरण रेकर्डसमेत राख्न सक्नेछौं,' अधिकारीले भने, ‘त्यस्ता विवरणलाई ल्याएर कम्प्युटरमा राख्न सकिनेछ।' उनले उक्त ब्रेथलाइजर प्रयोगपछि चेकिङका क्रममा विवाद गर्नेलाई अस्पतालमा लगेर मेडिकल गर्नुपर्ने अवस्थाको समेत अन्त्य हुने बताए।
उपत्यकामा दैनिक ४० देखि ४५ स्थानमा चेकिङ हुने भए पनि महाशाखामा हाल १८ वटा मात्र नयाँ ब्रेथलाइजर उपलब्ध भएकाले धेरै मात्रामा पिउने चालक भेटिने र विवाद गर्ने स्थानमा प्रयोग गर्ने तयारी गरेको छ। चेकिङका क्रममा विवाद निकाले उक्त ब्रेथलाइजर नभए नजिकैको चेकिङ स्पटबाट ल्याएर चालकलाई मात्रासहितको कागज प्रिन्ट गरेर उपलब्ध गराइने अधिकारीले जानकारी दिए।
महाशाखाले गत असारदेखि प्रयोगमा ल्याएको २ सय वटा पुराना ब्रेथलाइजरलाई समेत प्रयोगमा ल्याउनेछ। नयाँ र पुराना ब्रेथलाइजर प्रयोगपछि ट्राफिकले सडकमा बसेर चालकलाई ‘हा' गर्नुपर्ने अवस्था अन्त्य भएको महाशाखाले जनाएको छ। ‘ब्रेथलाइजर नहुँदा चेकिङका क्रममा ‘हा' गर्न लगाउनुपर्ने, मुख सँुघ्नुपर्ने अवस्था थियो,' अधिकारीले भने, ‘तर अब यो अवस्था अन्त्य हुने भएको छ।' उनका अनुसार विगत वर्षमा उपलब्ध गराइएका ब्रेथलाइजरमध्ये अधिकांश बिग्रेपछि चेकिङमा समस्या हुँदै आएको थियो। तर गत असारमा मात्र एडिबीले महाशाखालाई २ सय ब्रेथलाइजर उपलब्ध गराएको थियो।
पुस ०६८ बाट ट्राफिक प्रहरीले पिएर गाडी चलाउनेलाई कारबाही गर्न थालेको हो। त्यसयता उपत्यकामा मात्र १ लाख ४५ हजार ४९ चालक चालक कारबाहीमा परेको ट्राफिक महाशाखाको तथ्यांक छ। गत आर्थिक वर्षमा मात्र ५३ हजार १ सय २ जना चालक कारबाहीमा परेको महाशाखाले जनाएको छ।
पिएर गाडी चलाउनेलाई एक हजार जरिवाना र चेतनामूलक कक्षा लिने सजाय गर्दासमेत पिएर गाडी चलाउनेको संख्यामा कमी नआएपछि महाशाखाले डेढ वर्षदेखि लाइसेन्समा प्वाल पार्न सुरु गरेको हो। ०६९ मंसिर २२ यता महाशाखाले ७० हजारभन्दा बढी चालकको लाइसेन्स प्वाल पारिसकेको छ।
महाशाखाका अनुसार यो बीचमा ४९ जनाको लाइसेन्समा ६ वटा प्वाल पारिएको छ। ६ वटा प्वाल परेका लाइसेन्स निलम्बनका लागि यातायात कार्यालयमा पठाइसकिएको महाशाखा प्रमुख अधिकारीले जानकारी दिए। नियमअनुसार पाँच वटा प्वाल परेको लाइसेन्स निलम्बन हुनेछ। पिएर गाडी चलाउनेबाट महाशाखाले गत आर्थिक वर्षमा ५ करोड ४ लाख ७० हजार रुपैयाँ जरिवाना उठाइसकेको छ।
महाशाखाले हालसम्म पिएर गाडी चलाउने ५ सय ४१ जनालाई मुद्दा चलाएको छ। पिउनेसहित अन्य गल्ती गरेकाले तिनलाई मुद्दा चलाएको डिआइजी अधिकारीले बताए। उनका अनुसार योबीच २ वटा लाइसेन्स बोक्ने चालकसमेत फेला पारिएको छ। महाशाखाले हालसम्म ४० जना चालकले २ वटा लाइसेन्स बोकेको फेला पारेको उनले जानकारी दिए।
ट्राफिक प्रहरीले चेकजाँच क्रममा पिएको पाइए उसले चालक अनुमतिपत्र कब्जामा लिने, अनुमतिपत्रमा प्वाल पार्ने, गाडी छाडेर जान लगाउने, स्वयं चालक उपस्थित भएर सचेतना कक्षा अनिवार्य लिनैपर्ने, हजार रुपैयाँ जरिवाना बैंकमार्फत बुझाउनैपर्ने लगायत सजाय दिँदै आएको छ।

##
|

0 comments:
...