Headlines News :
Home » , » १८ औं दिनपछि अन्तत चरीको अन्त्यष्टी (फोटो फिचर)

१८ औं दिनपछि अन्तत चरीको अन्त्यष्टी (फोटो फिचर)

###
सुरक्षाको लागि डिएसपीको कमान्ड

काठमाडौं,भदौ ७– प्रहरीको गोलीबाट भीमढुंगामा मारिएका एमाले निकट मानिएका गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ को शब आज शनिबार त्रि.वि. शिक्षण अस्पतालबाट परिवारले बुझेको छ । चरीका आफन्तहरुले मुठभेढमा नभई प्रहरीले नै गैरन्यायीक हत्या गरेको भन्दै आज पनि त्रि.वि मा नाराबाजी गरिरहेका थिए । चरी मारिएको १७ औं दिनसम्म पनि उनको शब परिवारले बुझ्न मानेका थिएनन् भने आज १८ औं दिनको दिन परिवारले बुझेका छन् । चरीको शव बुझ्नका लागि एमालेका सभासद् राजेन्द्र पाण्डे, चरीका दाजु धुव्र अधिकारी लगायत चरीका आफन्तहरुको भीड निकै नै बाक्लो थियो । सम्मानको साथ चरीको तस्बिर बोकेर आर्यबाट तिर बाइकमा राखेर जाने उनका साथीहरुको लाइन पनि त्यतिकै बाक्लो छ । शव पशुपति लिएर जानको लागि प्रहरी सुरक्षा डिएसपीको कमान्डमा पनि खटिएका छन् ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar