Headlines News :
Home » » २५ हजार जनाले हाले फेसबुक माथि मुद्दा, ४ दिनभित्र कारण देखाउन आदेश

२५ हजार जनाले हाले फेसबुक माथि मुद्दा, ४ दिनभित्र कारण देखाउन आदेश

###
गोपनियता उल्लंघन गरेको आरोपमा फेसबुक विरुद्ध कानूनी लडाइँमा रहेका एक विद्यार्थीलाई ६० हजार जना फेसबुक प्रयोगकर्ताले साथ दिएका छन् ।
अस्टि्रयाका म्याक्स सिरेम्स नामका ती विद्यार्थीले आफ्नो फेसबुक विरुद्धको कानूनी लडाइमा ६० हजार फेसबुक प्रयोगकर्ताले समर्थन जनाएको दाबी गरेका छन् ।
गोपनियता उल्लंघन गरि फेसबुकले प्रत्येक प्रयोगकर्ताको ५ सय युरो नोक्सान पूराइदिएको भन्दै म्याक्सले दायर गरेको मुद्दा युरोपेली न्यायालयमा विचाराधीन छ ।
अस्टि्रयाको भियना क्षेत्रिय अदालतमा उनीसँगै २५ हजार प्रयोगकर्ताले हालेको मुद्दामा  ४ दिनभित्र कारण पेश गर्न अदालतले फेसबुकको आयरल्याण्ड कार्यालयलाई आदेश दिएको छ । फेसबुकले आफ्ना प्रयोगकर्ताको व्यक्तिगत तथ्यांक अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सीलाई उपलब्ध गराउने गरेको दाबी उजुरीकर्ताको रहेको छ । मुद्दा जितेमा म्याक्स सँगै २५ हजार जना प्रयोगकर्ताका लागि क्षतिपूर्ति बापत फेसबुकले झण्डै १ करोड ६५ लाख अमेरिकी डलर तिर्नुपर्नेछ ।
फेसबुक आयरल्याण्डले भने यस बारेमा कुनै औपचारिक प्रतिक्रिया जनाएको छैन ।
फेसबुक विरुद्धको मुद्दामा निवेदक बन्नका लागि उनले चलाएको अभियानमा २५ हजार जना पुगेसँगै उनले यो महिनाको सुरुमा त्यस्तो सूचिकरण बन्द गरेका थिए ।
अदालतमा मुद्दा दर्ता गर्ने क्रममा वादी सबैको प्रमाणिकरण गर्नुका साथै वादी सबैलाई समेत पेश गर्नुपर्ने भएको हुँदा यस्तो अभियानमा सहभागी भएका सबैलाई मुद्दाका वादी बनाउन असम्भव हुने देखेर उनले यस्तो अभियानलाई औपचारिक रुपमा रोकेका थिए ।
तर अनौपचारिक रुपमा त्यसयता पनि थप ३५ हजार मानिसले फेसबुक विरुद्धको कानूनी लडाइँको पक्षमा www.fbclaim.com मा आफ्नो नाम दर्ता गरेको दाबी उनको छ ।
रोयटर्सको रिपोर्टमा आधारित
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar