Headlines News :
Home » » समार्टफोनमा जिमेल असुरक्षितः ह्याक हुने सम्भावना ९२ प्रतिशत

समार्टफोनमा जिमेल असुरक्षितः ह्याक हुने सम्भावना ९२ प्रतिशत

###
यदि तपाईं सोच्नु हुन्छ कि कुनै एप्सले तपाईंलाई ह्याकरहरु बाट बचाउँछ भने तपाईं गलत हुनुहुन्छ । अमेरिकाका इन्जिनियरहरुको एक समूहले जिमेलसहित थुप्रै एप्सहरुको सफलतापूर्वक ह्याक गरेर यसको सुरक्षामा निकै कमी भएको पुष्टि गरेका छन् । अनुसन्धानको क्रममा जिमेल ह्याकिंगको सफलता ९२ प्रतिशतसम्म देखिएको बताइएको छ । अनुसन्धानकर्ताहरुले एन्ड्रोइड, विन्डोज र आइफोन अपरेटिङ सिस्टम (म्याकेन्टोस्) को कमी कमजोरीहरु पत्ता लगाएका छन् जसका कारण प्रयोगकर्ताहरुको आँकडा असुरक्षित हातहरुसम्म पुग्न सक्ने खतरा रहेको छ ।

 शोधकर्ताहरुले चर्चित सातमध्ये ६ वटा एप्सहरुलाई ह्याक गर्नमा ८२ देखि ९२ प्रतिशतसम्म सफलता पाएका छन् । निकै सजिलैसँग ह्याक हुने एप्समा जिमेल, चेज बैंक र एच एण्ड आर ब्लक रहेको छ । अमेजनलाई ह्याक गर्न निकै गाह्रो भएको उल्लेख गरिएको छ । अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाको रिभरसाइड बन्र्स कलेज अफ इन्जिनियरिङका सहायक प्रोफेसर झियुन कियान भन्छन्, ‘एक एप्सले अर्को एप्सको काममा बाधा पुर्याउँदैन भन्ने धारणा ध्वस्त भएको छ । यसले प्रयोगकर्ताहरुलाई नोक्सानी पुर्याइरहेको छ । ’ उनी थप्छन्, ‘जब तपाईं मिलिसियस एपजस्ता ब्याकग्राउन्ड वालपेपरलाई डाउनलोड गर्नुहुन्छ भने यसले अर्को ऐपको गतिविधिहरुमाथि नजर राख्ने काम गर्ने गर्दछ । जसले गर्दा उपयोगकर्ताहरुलाई जोखिममा राख्ने गर्दछ । यो अध्ययन गत शुक्रबार स्यान डियागोमा युसेनिक्स सिक्योरिटी सिम्पोजियममा प्रस्तुत गरिएको थियो । (एजेन्सी)
(साभार गरियको )
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar