|
###
|
भैरहवा, भाद्र ७ । भारतीय टेलिभिजन च्यानल ‘जीटिभी’बाट सञ्चालित ‘डीआइडी लिटल मास्टर्स’की विजेता रुपन्देहीकी तेरिया फौजा मगरलाई शनिबार भैरहवामा सम्मान गरिएको छ ।प्रतिमान निमा स्मृति प्रतिष्ठान प्युठान, डा. हर्षबहादुर बुढा स्मृर्ति प्रतिष्ठान काठमाडौं र सिर्जनशील हातहरु रुपन्देहीको आयोजनामा भैरहवामा तेरियालाई एक लाख रुपैयाँसहित सम्मान गरिएको हो ।
मगरलाई राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता दीपक बोहराले सम्मान गरेका थिए । -
|
##
|

0 comments:
...