Headlines News :
Home » , » अन्जान प्रेमले सात कक्षामै आमा बनायो

अन्जान प्रेमले सात कक्षामै आमा बनायो

###
जाजरकोट– रामीडाँडा–९ धौलाकोटकी शारदाकुमारी बोहरा कालिका आदर्श मावि रामीडाँडाको कक्षा ७ मा पढ्छिन्। ५ कक्षामा पढ्दापढ्दै उनको सात कक्षामा पढ्ने नवराज बोहरासँग माया बस्यो।

१२ वर्षको बालापन अनि अबोध अवस्था। के ठीक के बेठीक छुटयाउनै नसक्ने अवस्थामै मायामा परेकी उनले अन्जानमै नयाँ जीवनको सुरुवात गर्ने निर्णय गरिन्। एक वर्ष नपुग्दै उनले नवराजसँग भागेर प्रेमविवाह गर्न पुगिन्। गत वर्ष मंसिरमा बिहे गरेकी शारदा एक वर्ष नपुग्दै आमा बनेकी छिन्।
आमाबाबुको काखमा बसेर पढाइ र पालनपोषण पाउनुपर्ने उमेर छ उनको। तर बालापनमै उनीमाथि बच्चाको लालनपालनको जिम्मेवारी आइपुगेको छ। भदौ तीन गते छोरा पाएकी उनलाई अहिले एकातिर आमाको भूमिका निभाउनु पर्ने र अर्कोतिर आर्थिक संकटले गर्दा पढाइ अबरुद्ध भएको छ।
सुत्केरी भइपछि एकातिर आमाको भुमिका र अर्काेतिर आर्थिक संकटले उनलाइ पढ्नवाट रोकिदिएको छ।
सानै उमेरमा गर्भवती भएर आमा बनेकी उनलाई शारीरीक अप्ठेरो मात्र छैन। पढाइसमेत छोड्नुपर्ने अवस्था आइपरेको छ। बच्चा र आफ्नो स्याहारको जिम्मेवारी बेग्लै।
माया बसेपछि दुवैको सल्लाहमा बिहे गरेको शारदा बताउँछिन्। 'सानैमा बिहे गर्दा पढाइ र आफ्नो जीवनमा समस्या पर्छ भनेर सोचिनँ,' उनले भनिन्।
सोही विद्यालयमा ९ कक्षामा पढ्ने बसुन्धरा बूढा पनि गर्भवती छिन्। असोजमा सुत्केरीको महिना पुग्ने भएकाले उनी विद्यालयमा छाडिसकेकी छिन्।
शारदा र बसुन्धरा मात्र होइन, यतिबेला कालिका आदर्श माविका अधिकांश छात्रा सानै उमेरमा गर्भवती हुने गरेको प्रधानाध्यापक पृथ्वीराज ज्योतिले बताउँछन्। सानै उमेरमा कोही सिन्दुर हालेर विद्यालय आउने र कोही बालबच्चाकी आमा बनेर पढ्नै छोड्ने गरेेको उनले बताए।
सानैमा आफूखुसी बिहे गरेर छात्राहरू ७–८ कक्षामै गर्भवती हुने र विद्यालय छोड्ने गरेका छन्। 'कक्षा ८ र ९ मा पढ्ने धेरै छात्राहरू गर्भवती भएर पढ्न आउनै छाडेका छन्,' ज्योतिले भने।
कानुनले बालबिवाहलाई गैरकानुनी र दण्डनीय भने पनि गाउँमा बालविवाहको चलन बढेको रामीडाँडा सिल्पाचौरका दलबहादुर बूढाले बताए। आमाबुबा, शिक्षक र अन्य अभिभावकबाट उचित परामर्श नपाउँदा सानै उमेरमा बिहे गर्नेहरु बढेको उनको बुझाइ छ। 'केही आफैं निर्णय गरेर र केही बाबुआमाकै सल्लाहमा सानै उमेरमा बिहे गर्छन्,' बूढाले भने।
महिला तथा बालबालिका कार्यालय जाजरकोटका प्रमुख स्किम श्रेष्ठ पनि जिल्लामा बालविवाह गर्ने प्रवृत्ति बढ्दो रहेको स्वीकार्छिन्। 'यसलाई रोक्न हामीले काम गरिरहेका छौं,' उनले भनिन्, 'जिल्लाभरि नै जनचेतना फैलाउने काम भइरहेको छ। बाबुआमा र अभिभावकले सशक्त भूमिका नखेलेसम्म यो चलन रोक्न गाह्रो छ।'
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar