Headlines News :
Home » » आङकाजी भन्छन्-मानव झण्डा बनाउन ज्ञानेन्द्रको लगानी

आङकाजी भन्छन्-मानव झण्डा बनाउन ज्ञानेन्द्रको लगानी

###
'चन्द्र सूर्यअंकित झण्डा हिन्दूवादीको मात्र हो'
८ भदौ काठमाडौं । संघीय समाजवादी पार्टीका स्थायी समिति सदस्य तथा आदिवासी जनजाति आन्दोलनका अगुवा आङकाजी शेर्पाले मानव झण्डा बनाएर गिनिज बुकमा नाम लेखाउने कार्यमा पूर्वराजा ज्ञानेन्द्र शाहले लगानी गरेको आरोप लगाएका छन् ।
शनिबार काठमाडौंको टुँडीखेलमा जम्मा भएर ३५ हजार नेपालीले मानव झण्डा बनाई पाकिस्तानको कीर्तिमान तोडेका थिए । नेपालले बनाएको यो कीर्तिमानीको सर्वत्र प्रशंसा भइरहेका बेला आङकाजीले यसमा बेखुशी प्रकट गरेका हुन् ।
शेर्पाले चन्द्र-सूर्य अंकित झण्डा नेपालको राष्ट्रिय झण्डा हुन नसक्ने  दाबी गरेका छन् । उनले मानव झण्डाको किर्तिमान कायम गर्ने प्रयासको भत्र्सना गर्दै उनीहरुलाई अति हिन्दूवादीको संज्ञा दिएका छन् ।
शेर्पा फेसबुकमा  लेख्छन्- ज्ञानेन्द्र र अतिहिन्दूवादीले देशी विदेशी शक्तिकेन्द्रले दिएको ३५ लाख खर्च गरेर भदौ ७ गते टुँडीखेलमा भारतबाट ल्याइएको सूर्यवंशी चन्द्रवंशी हिन्दूधर्मको झण्डालाई नेपालको राष्ट्रिय झण्डा भनेर प्रदर्शन गरेकोप्रति आदिवासी जनजाति, मधेशी, मुस्लिम घोर आपत्ति प्रकट गर्दछौं’ ।
शेर्पाले नेपालको राष्ट्रिय झण्डाको निन्दा गर्दै यसलाई एकात्मक हिन्दू धर्मको प्रतीक अंकित गरेको झण्डा नेपालजस्तो बहुजातीय बहुभाषिक, बहुधार्मिक देशको झण्डा किमार्थ हुन नसक्ने जिकिरसमेत गरेका छन् ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar