Headlines News :
Home » » आमाबाउले बनाए आफ्नै बच्चालाई सलाद !

आमाबाउले बनाए आफ्नै बच्चालाई सलाद !

###
 बच्चाको सलाद ? सुन्दैमा झसँग भइने । एक चिनिया दम्पतिले भने आफ्नो बच्चालाई सलाद बनाइदिएका छन् । खाना खाने सबै परिकारसँग आफ्नो बच्चालाई समेत एउटा भाँडोमा सलादसँगै राखेर ती दम्पतिले मुख्र्याइँपूर्ण हँसिमजाक गरे । डिनर सँगै एउटा भाँडोमा आफुलाई सुताएर सलाद बनाइँदा सुरुमा त्यो बच्चो खुसी देखिँदैन । तस्वीर उसले रुन्चे मुख लगाएको देखिन्छ ।

 तर केही बेरपछि उसलाई मजा आएछ क्यारे मख्ख परेको देखिन्छ । साँच्चीकै उसको मुखाकृति हेर्दा ऊ कांक्रो जस्तै सितल भावमा छ । सलादका पातले थिचिँदा पनि ऊ आनन्द मानेर निदाइरहेको जस्तो देखिन्छ । ती बालककी आमा क्यू युआनले आफुले आफ्नो छोरालाई साँच्चीकै खानको लागि सलादको रुपमा नराखेको भन्दै त्यो केवल मजाकको लागि गरेको बताएकी छिन् ।

 छोरालाई त्यसो गराउँदा परिवारमा पूरै हाँसो छुटेको र हाँस्दा हाँस्दा पेटै देखेको उनको भनाइ छ । सुरुमा भाँडोमा राख्दा बच्चाले अप्ठेरो मानेर बाहिर आउन खोजेको तर निकै सानो भएकाले बाहिर आउन नसकेको भन्दै उनले छोरालाई बाहिर निकाल्नुअघि उसलाई हेरेर परिवारमा हाँसोको फोहरा छुटेको क्यू बताउँछिन् ।


##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar