|
###
|
भाद्र ९ ,आज कुशे औंसी अर्थात बाबुको मुख हेर्ने दिन। पितृ तथा गोकर्ण औंसीबाट प्रसिद्ध यस दिनलाई बाबुको मूख हेर्ने दिनका रुपमा मनाइछ। छोराछोरीले बाबुलाई मन पर्ने फलफूल, मिठाइ तथा भोजन गराई सम्मान गर्ने गरिन्छ ।
काठमाडौंको गोकर्णेश्वर महादेवमा दिवंगत बाबुको नाममा तर्पण तथा सिदादान गर्नेको बिहानैदेखि घुँइचो लागेको छ।
यस्तै देव तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर घरमा भित्र्याउँदै आज कुशे औसी मनाइँदै छ । हरेक वर्षको भाद्र कृष्ण औंसीका दिन ब्राह्मणद्वारा विधिपूर्वक कुश काट्ने गरिन्छ । यस दिन काटिएको कुशलाई घरमै राख्ने र जजमानकोमा लगिदिने प्रचलन रहेको छ । विशेष गरी धार्मिक तथा पितृकार्य गर्दा कुशको औंठी, ब्राह्मण, मोटक, पवित्र, कुशको टुक्रा आदि प्रयोग गर्ने गरिन्छ ।

##
|

0 comments:
...