Headlines News :
Home » » हराएको राहदानी प्रयोग गरे समतिने, हराएको राहदानीको सबै विवरण इन्टरपोलमा

हराएको राहदानी प्रयोग गरे समतिने, हराएको राहदानीको सबै विवरण इन्टरपोलमा

###
काठमाडौ, भाद्र ११ - हराएको राहदानी पुनः भेटेर प्रयोगमा ल्याएमा वा अरु कसैले प्रयोग गरेमा त्यस्तो ब्यक्ति विश्वको कुनै पनि अध्यागमनमा पक्राउ पर्ने भएका छन् । राहदानी विभागले हराएको राहदानीको सबै विवरण इन्टरपोलमा राख्ने प्रक्रिया मंगलबार देखि आरम्भ गरेको हो । राहदानी हरायो भनेर आवेदन दिनेहरुको संख्या नघटेपछि त्यसको नियन्त्रण र दुरुपयोग रोक्न  विभागले हराएको राहदानी नम्वर नेपाल प्रहरीको सहयोगमा इन्टरपोलमा राख्न थालेको हो ।

विगत एक बर्ष देखि हराएको राहदानी नम्वर इन्टरपोलमा राख्ने भन्दै आएको भए पनि कानुनी अडन र प्राविधीक जटिलताले गर्दा विभागले त्यो कार्य अघि बढाउन सकेको थिएन । कानुनी प्रक्रिया पुरा गरेर विभागकाले मंगलबार देखि नै उक्त नम्वर प्रहरीको इन्टरपोल युनिटमा पठाउने र प्रहरीले इन्टरपोलमा नम्वर राख्ने गरेको हो ।

'सबै प्रक्रिया पुरा भयो अव सबै हराएका राहदानीको नम्वर इन्टरपोलमा रहनेछ,' विभागका महानिर्देशक रमेशप्रसाद खनालले कान्तिपुरलाई भने । एउटै ब्यक्तिले छ महिनामा तीनवटा राहदानी हराउने पनि हुन्छ भन्दै उनले भने, 'हराउनेको नाममा राहदानीको दरुपयोग वा एउटै ब्यक्तिसंग तीन चार राहदानी हुने भएपछि समस्या आउने हुनाले विभागले यो विषयलाई गम्भिर भन्दै यस्तो निर्णय लिएको हो ।' अव राहदानी हरायो भन्ने सूचना कम हुने विश्वास ब्यक्त गर्दै उनले भने, 'कतिपय म्यानपावरमा थन्किएकोले हराएको भन्ने सूचना जारी गरेर लिएको जानकारी समेत पाए पछि विभाग बाध्य भएको हो । हुनत विश्वमा सबै मुलुकमा हराएको राहदानी नम्वर इन्टरपोलमा राख्ने गरिन्छ । यहा भने कानुनी अडन थियो अहिले फुक्यो ।' म्यानपावरमा राहदानी बुझाउन नपर्ने भएपनि नेपालीहरुले राहदानी बुझाउने गर्दा यस्तो हराउने समस्या आएको विभागको निस्कर्ष छ, एक अधिकारीले बताए । केही ब्यापारीले पनि जानेर वा नजानी तीन चारवटा राहदानी बनाएर बसेका छन अव एकै ब्यक्तिले दुई राहदानी प्रयोगमा ल्याएका छन वा कसैको हराएको भनिएको राहदानी उपयोगमा छ भने पनि कही पनि पक्राउ पर्ने भएका छन ।

कतिपयले हराएको भनेर तीन चार राहदानी बनाउने र विभिन्न म्यानपावर कम्पनीमा बुझाउने समेत गरेका छन । जुन म्यानपावरबाट छिटो भिसा आउछ त्यसबाटै विदेश जाने गरेका छन् । कतिपय म्यानपावर कम्पनी आफैले यस्ता पासपोर्ट राखिदिने समेत गरेको छ । मेसिन रिडेवल पासपोर्ट -एमआरपी) आएपछि पहिलेको तुलनामा हराएको भन्ने केही कम भए पनि अहिले अपत्यारीलो संख्यामा दिनहु निवेदन परेको विभागका अधिकारीहरु बताउछन । विभागमा अहिले पनि दैनिक १० देखि ३० सम्म हराएको राहदानीको आवेदन परेको छ । यत्तिको संख्यामा विश्वमा कही पनि राहदानी हराउदैन, परराष्ट्र अधिकारीले बताए ।

हराएका भनिएका राहदानीको दुरुपयोग गर्ने तथा एकै व्यक्तिले विवरण पेश गर्दै झुक्याएर वा गलत मनसायका साथ फरक फरक राहदानी लिन सक्ने सम्भावनालाई यसलै न्यूनीकरण गर्ने विभागका निर्देशक सदर अरहनले बताए । विभागबाट मंगलबार जारी विज्ञप्तीमा भनिएको छ,'गलत मनसायले राहदानी बनाउने, प्रयोग गर्ने र उपयोग गर्ने कार्यलाई निरुत्साहीत गर्दै एमआरपीलाई अझ सुरक्षीत बनाउने विश्वास साथ यो प्रक्रिया अघि बढाइएको हो ।' विभागले हराएको राहदानीको विवरण नेपालका सबै जिल्ला प्रशासन कार्यालयहरु, विदेशस्थित नेपाली नियोगहरुबाट समेत संकलन गर्न थालेको छ ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar