###
|
|

काठमाडौं।भदौ ७ –गाईको बाछीलाई करणी गरेको आरोपमा इलामका एक प्रहरी जवान पक्राउ परेका छन् । ड्युटीमा रहेकै बखत सदरमुकामको माईस्थान मन्दिर हाताभित्र रहेको बाच्छीलाई करणी गरेको अबस्थामा मन्दिरका पुजारी र अन्यले देखेपछि जिल्ला प्रहरी कार्यालयमा कार्यरत ती प्रहरी जवानविरुद्ध उजुरी परेको थियो । घटनापछि होहल्ला हुँदा भागेको आरोपित प्रहरी जवान राम नरेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो । घटनाअनुसार साउन ३१ गते शनिबार करिब पौने ८ बजेतिर माईस्थान मन्दिर हाताभित्र बाँधिएको बाछी कराएपछि केही भएछ कि भनेर हेर्नलाई पुजारी खेमप्रसाद काफ्ले गोठमा ओर्लिउर हेरे । त्यहाँ आएर हेर्दा बाछीको दाम्लो किलोमा छोटो बनाएर बाँधिएको पाए । यताउता हेर्दा ती प्रहरी जवान बाछीको पछाडि थिए । आजको समाचारपत्र दैनिकमा खबर छ ।
##
|
|
0 comments:
...