Headlines News :
Home » » फेसबुकमा पोखियो श्वेताको बिलैना

फेसबुकमा पोखियो श्वेताको बिलैना

###
काठमाडौँ– बिहे गरेको ‍एक महिनामै श्रीमान् श्रीकृष्ण श्रेष्ठको साथ गुमाएको अभिनेत्री श्वेता खड्काले सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो बिलौना पोखेकी छिन्। साउन २५ गते श्रीकृष्णको निधन भएपछि लामो समय अर्धचेतजस्तै रहेकी श्वेताले सोमबार फेसबुकमा मार्मिक ढङ्गले आफ्नो भगवानसँग आफ्नो गुनासो पोखेकी हुन्।

उनले लेखेकी छिन् – को सँग दु:ख सेयर गरौँ भगवान्, जब तिमीले नै यति दु:ख दिएपछि। कमसेकम 'हे भगवान्' भन्ने ठाउँ त राखिदिनुपर्छ। अब त्यो ठाउँ पनि बाँकी रहेन। अझै पनि अलिकति विश्वास छ, प्लिज कसैको जीवनमा भुलेर पनि यस्तो दु:ख नदेऊ भगवान् ।
पछिल्लोपटक साउन २० मा आफ्नो आउन लागेको फिल्म 'कोहिनुर'का लागि आफ्नो टिकट बुक गराउन आग्रह गरेकी श्वेताले सोमबार श्रीकृष्णसँगको बियोग सहन गाह्रो भएको जनाएको छिन्। स्टाट्स अपडेटसँगै उनले श्रीकृष्णसँगका दुइटा तस्बिर पनि पोस्ट गरेकी छिन्।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar