Headlines News :
Home » » विदेशबाट घर फर्किदा 'न सम्पत्ति न श्रीमती'

विदेशबाट घर फर्किदा 'न सम्पत्ति न श्रीमती'

###
गोरखा : ताकुकोट ८ मसारका सुरेश बरामले चार बर्षसम्म मलेसियामा काम गरेर करिब आठ लाख रु पैयाँ कमाएका थिए। तर उनी फ र्केर आउने अघिल्लो दिन दुई छोरा र घर परिवार छाडेर उनकी पत्नी कमाएको सम्पतीसहित बेपत्ता भइन्। 'अर्को पति चाहिएछ। छोराछोरी पाल्ने सम्पत्ति किन कुम्ल्याएर हिँडेकी?  'सुरेशले भने, ' दुईचार पैसा कमाएर जहान छोराछोरी पालौला भनेर दु:ख गरियो। घर आउँदा न सम्पति न श्रीमती।'

सुरेश गत शुक्रबार नेपाल आइपुगेका हुन्। पतिसंग भेट नहुदै उनकी पत्नी बिहिबार बिहान झिस्मिसेमै झिटीगुण्टा बोकेर निस्केकी हुन्। 'बिहिबार साँझ आठबजेसम्म टेलिफोनमा सम्पर्क भएको थियो' सुरेश भन्छन्,' मलाई एअरपोर्टमा लिन आउँछु भनेकी थिई। गोरखा बजारको एउटा होटलमा आएर बसिसकेको छु भन्थी। तर त्यसपछि फोन स्विचअफ गरेकी छ। अहिलेसम्म संपर्कमा छैन।' गोरखा बजारमा आएर सोध्दा उनी बसेको भनेको होटलले उनी नआएको जानकारी दिएको उनले बताए।

आफु विदेश गएपछि झापातिरको लिम्बु थरका एक युवासँग फेसबुकबाट प्रेम सम्बन्धमा फँसेको थाहा पाएरै आफू फर्केको उनले बताए। ' फेसबुकबाट पूर्वतिरको लिम्बु केटासँग चिनजान भएछ। माया बसेछ' उनले भने, ' जसरी पनि भगाएर लान्छु भनेको छ भन्थी रे साथीहरूसँग। म आएपछि समस्या हुन्छ भनेर नआइपुग्दै भागिछ।'

आफूले चार बर्षसम्म कमाएको सबै सम्पति लगेको उनले बताए। 'कमाएको सबै पैसा हिमालयन बैंकमा खाता खोलेर उसकै नाममा राखिदिएको थिएँ' उनले भने, ' बेला बेला पठाइरहन्थें। बैंकको चार लाख ५७ हजार रु पैया पनि झिकेर लगिछे। गाउँमा सापटी दिएको ५० हजार रूपैयाँ, दुई तोला सुनको गहना, लुगा कपडा सबै लिएर गइछ।' यसअघि पटक पटक गरी पठाएको दुई लाख ६१ हजार रूपैयाँ पनि लगेको उनले बताए।

उनले आइतबार पत्नी खोजी दिन र उनले लगेको सम्पति फिर्ता गराइदिन माग गर्दै प्रहरीमा निवेदन दिएका छन्। सुरेशको मात्रै होइन, ताकुकोटकै अर्को एक यही प्रकृतिको घटना आइतबार गाउँमै मिलापत्र गरेको जानकारी प्राप्त भएको प्रहरी निरीक्षक दीपक श्रेष्ठले बताए।

'यस्ता समस्या दिनदिनै जसो आउँछन्', उनी भन्छन्, 'कतिपय प्रहरीसम्म आउँछन्, कतिपय गाउँमै मिलापत्र गर्छन्।' यो खालको रेमिट्यान्सको समस्या देशब्यापी रहेको उनले बताए। 'श्रीमान विदेशमा जाने, श्रीमती बिकृतिमा लाग्ने यो समस्या देशब्यापी छ' उनले भने, 'रेमिट्यान्सले जन्माएको यो एउटा बिकृति हो।'
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar