### |
काठमाडौं- प्रक्रिया विवादले लामो समय रोकिएको प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा निर्णयसँगै नेपाल प्रहरीले रिक्त विभिन्न पदमा सरुवा–बढुवा र भर्ना प्रक्रिया तीव्र पारेको छ। मन्त्रिपरिषदले एआइजीमा सिफारिस विवाद टुंग्याएलगत्तै गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयले संगठनमा रिक्त विभिन्न पदमा बढुवा, पदपूर्ति र भर्ना तीव्रता दिएका हुन्।
प्रहरीमा अहिले डिआइजीदेखि प्रहरी जवानसम्म २ हजार ८ सय ७१ दरबन्दी रिक्त छ।
प्रहरी नियमावलीमा प्रहरी निरीक्षकमाथिका सबै पद शतप्रतिशत बढुवाबाट पूर्ति हुने प्रावधान छ। सोहीअनुसार अहिले डिएसपीदेखि डिआइजीसम्म रिक्त पदमा बढुवा खुलाउने गृहकार्य छ।
खुला प्रतिस्पर्धाबाट चुनिने प्रहरी निरीक्षक, असई र प्रहरी जवानको भर्ना र आन्तरिक बढुवाको गृहकार्यसमेत सँगसँगै सुरु गरिएको प्रधान कार्यालयले जनाएको छ।
लोकसेवा आयोगका सदस्य, गृहसचिव र प्रहरी महानिरीक्षक सम्मिलित पदपूर्ति समितिले रिक्त १५ डिआइजीका लागि बढुवा प्रक्रिया अगाडि बढाउन बढुवा सिफारिस समितिलाई स्वीकृति दिइसकेको छ।
प्रहरी नियमावलीमा गृहसचिवको संयोजकत्वमा प्रहरी महानिरीक्षक सदस्य र अतिरिक्त प्रहरी महानिरीक्षक सदस्यसचिव रहेको बढुवा सिफारिस समितिले एसएसपीमध्येबाट डिआइजी नियुक्ति सिफारिस गर्ने व्यवस्था छ। पदपूर्ति समितिको स्वीकृति पाएपछि गृह र प्रधान कार्यालयका अधिकारी आउँदो साताभित्रै डिआइजी बढुवा निकाल्ने तयारीमा छन्।
प्रहरीमा डिआइजीको दरबन्दी ३६ छ। रिक्त १५ मध्ये १३ प्रशासनिक, २ प्राविधिक छन्। हालै एआइजीमा बढुवापछि रिक्त ९, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल एआइजीमा बढुवा भएयता अहिलेसम्म रिक्त रहेको १, टपेन्द्रध्वज हमालको डिआइजीबाट अवकाश भएपछि रिक्त १, हालै थप गरिएको दरबन्दी २ र प्राविधिक २ गरी १५ पद रिक्त भएको हो।
यसअघिको नियमावलीले वरिष्ठतालाई बढुवाको प्रमुख आधार बनाउँदा संगठनमा भर्ना मितिका आधारमा बढुवाको सम्भावित उम्मेदवार तय हुने गरे पनि नयाँ नियमावलीसँगै संगठनका सबै एसएसपी डिआइजीका सम्भावित उम्मेदवार बनेका छन्।
प्रहरी नियमावली, २०७१ ले राजपत्रांकित पदमा बढुवाका लागि तल्लो पदमा नियुक्ति पाएको ४ वर्ष पुगेको हुनुपर्ने बाध्यात्मक प्रावधान राखे पनि डिआइजी र त्यसभन्दा माथिल्लो पदमा बढुवाका लागि तल्लो पदको सेवाअवधिको बुँदा हटाउँदै कार्यक्षमताका आधारमा सबै एसएसपीलाई डिआइजीमा बढुवाको बाटो खोलेको हो।
प्राविधिकतर्फबाट डिआइजीमा त्यति ठूलो प्रतिस्पर्धा देखिँदैन। प्रशासनतर्फ भने नयाँ प्रावधानले २०४३ देखि २०४६ सम्म प्रहरी निरीक्षकमा भर्ना भई हाल एसएसपी रहेका ७५ जना नै प्रतिस्पर्धी हुनेछन्।
डिआइजीका आकांक्षीमा प्रहरी महानिरीक्षक अर्यालकै (२०४३) ब्याचका ५ एसएसपीदेखि ६ महिनाअघि मात्रै एसएसपीमा बढुवा भएका पुष्कर कार्कीसम्म बढुवानिम्ति योग्य छन्।
बढुवासम्बन्धी नयाँ प्रावधानले जेष्ठतालाई भन्दा कार्यक्षमतालाई प्राथमिकता दिँदै ४० नम्बर दिने व्यवस्था गरेको छ। जेष्ठतालाई जम्मा २० नम्बर निर्धारित गरिएकाले बढुवामा कार्यसम्पादन, बढुवा समितिले दिने ७.५ र प्रहरी महानिरीक्षकले दिने ५ नम्बर निर्णायक हुने देखिन्छ। भौगोलिक क्षेत्र, शैक्षिक योग्यता, तालिमबापतको अंकले पनि बढुवा प्रक्रिया अगाडि बढाउन मद्दत पुर्याेउनेछ।
अर्याल आइजिपी भइसक्दा पनि उनकै ब्याचका रविप्रताप राणा, पूर्णसिंह खड्का, मनोहर रिमाल, रामकुमार खनाल र ज्ञानोदराज वैद्य एसएसपी नै छन्। एक वर्षअघि रिक्त ४ डिआइजीमा बढुवा हुँदा उनीहरुको ब्याचका एक जना मात्रै उक्लिएका थिए। अन्य ३ जना २०४४ को ब्याचले बढुवा पाएका थिए।
डिआइजीका दाबेदार
०४३ का बढुवामा नपरे डिआइजी पदपूर्तिमा २०६६ मा एसएसपी भएका ०४४ ब्याचकाको बाहुल्य हुनेछ। रणबहादुर चन्द, हेमन्त पाल, पशुपति उपाध्याय, विजयलाल कायस्थ, माधवप्रसाद जोशी, माधवप्रसाद नेपाल, देवेन्द्र सुवेदी, केशरीराज घिमिरे, पंकज श्रेष्ठ, कमलसिंह बम, गोविन्दप्रसाद निरौला, रोमेन्द्रसिंह देउजा, मिङमार लामा, सुदीप आचार्य, विजयकुमार भट्ट, मधुप्रसाद पुडासैनी र रमेश फुँयालले २०६६ कात्तिक २२ मा बढुवा पाएका हुन्।
कार्यक्षमताका आधारमा यो ब्याचका उपाध्याय, कायस्थ, जोशी, नेपाल र सुवेदी अगाडि छन्। २०६७ मा एसएसपी भएका २०४४ ब्याचकै गणेश केसी, २०४५ ब्याचका उत्तमकुमार कार्की, २०४६ का रमेश खरेल, सर्वेन्द्र खनाल, राजेन्द्रमान श्रेष्ठ, सुबोध घिमिरे पुष्कर कार्की बढुवाको मितिका आधारमा पछि परे पनि कार्यक्षमतालाई बढुवाको प्रमुख आधार कार्यान्वयन हुने हो भने बलिया दाबेदार बन्नेछन्।
बढुवा प्रक्रियाबारे जानकार अधिकारी नियमावलीले कार्यकक्षमतालाई आधार बनाए पनि 'चेन अफ कमान्ड' मा चल्ने संगठनमा भर्ना वर्षलाई अवज्ञा गर्न नसकिने बताउँछन्। 'नियमावलीअनुसार अहिले एसएसपी भएका सबै डिआइजीका लागि योग्य हुन्,' ती अधिकारीले भने, 'तर कार्यक्षमतालाई नै आधार बनाए पनि २०६७ मा एसएसपी भएका भन्दा तल जाने अवस्था देखिन्न।'
यसअघि बढुवा सिफारिस समिति र पुनरावलोकन समितिबीचको द्वन्द्वका कारण डिआइजी बढुवा विवाद अदालतसम्म पुगेको थियो। लोकसेवा अध्यक्षको नेतृत्वमा रहेको पुनरावलोकन समिति र गृहसचिव नेतृत्वमा रहेको सिफारिस समितिबीच द्वन्द्व बढेको थियो। डिआइजी र एसएसपीमा बढुवाको उजुरी पुनरावलोकनका लागि सोही समितिलाई नै तोकिएपछि पछिल्लोपटक सरकारले पुनरावलोकन समितिले बढुवा समितिको नम्बरको औचित्य हेर्न पाउनेलगायत अधिकार कटौती गरी बढुवा सिफारिस समितिलाई नै बलियो बनाइसकेको छ।
सँगसँगै भर्ना प्रक्रिया
संगठनमा डिआइजीदेखि प्रहरी जवानसम्म रिक्त २ हजार ८ सय ७१ पदमध्ये प्रहरी जवान, असई र प्रहरी निरीक्षकमा आन्तरिक र खुला दुवैतर्फबाट पूर्ति गर्ने प्रावधान रहेकाले सुरुमा डिएसपीसम्मको रिक्त पदको बढुवा प्रक्रिया अगाडि बढाउने तयारीमा गृह र प्रधान कार्यालय देखिन्छन्। डिआइजीमा बढुवाका लागि तल्ला पदको सेवाअवधि गणना नभए पनि प्रहरी निरीक्षकदेखि एसएसपीसम्ममा भने ४ वर्षको प्रावधान छ। नयाँ नियमावलीले हरेक पदमा बढुवाका लागि बढुवा सिफारिस समिति र पुनरावलोकन दुई समितिको व्यवस्था गरेको छ।
एसएसपीमा २०४३ देखि २०४६ ब्याचसम्मका प्रहरी अधिकारी उम्मेदवार छन्। २०४६ मा प्रहरी निरीक्षक पदमा भर्ना भएकाहरु एसएसपी भइसक्दा पनि २०४३ ब्याचीका विक्रम थापा अझै एसपी नै छन्। हाल भने प्राविधिकतर्फ मात्र रिक्त छ। प्राविधिकमा रिक्त ६ सँगै डिआइजी बढुवापछि रिक्त पदसंख्या २१ पुग्नेछ। हाल रिक्त ७ र बढुवा हुँदा रिक्त २८ पदमा डिएसपीबाट बढुवा हुनेछन्। प्रधान कार्यालयस्रोतका अनुसार अहिले नै डिएसपीमा ३८ पद रिक्त छ। एसपीमा बढुवा हुने २८ पद जोड्दा डिएसपीमा रिक्त पद संख्या ७६ पुग्नेछ।
प्रधान कार्यालयको तथ्यांकअनुसार हाल ८९ प्रहरी निरीक्षक, ४ सय १३ सई, १ हजार २ सय ९० असई, ६ सय ६९ हवल्दार र ३ सय ४४ प्रहरी जवान पद रिक्त छ। माथिल्लो पदमा बढुवासँगै रिक्त पदको संख्या बढ्दै जान्छ। प्रहरी निरीक्षक, असई र प्रहरी जवानको रिक्त पद आन्तरिक र बाह्य प्रक्रियाबाट पूर्ति गर्ने प्रावधान छ।
प्रहरी प्रवक्ता गणेश केसीले असईको रिक्त पदमा भर्ना आह्वान गरिसकेको र अन्य पदमा पनि क्रमैसँग पदपूर्ति गरिने बताए। 'रिक्त पदपूर्तिका लागि नियमावलीअनुसार खुला प्रतिस्पर्धा र बढुवा दुवै प्रक्रियाको गृहकार्य सुरु भइसकेको छ,' उनले नागरिकसँग भने।
एसएसपी सरुवा हुन सकेन
प्रधान कार्यालयले बिहीबार एसपी बढुवाको गाँठो फुकाउँदै ६४ प्रहरी उपरीक्षकको सरुवा सूची निकाले पनि एसएसपीको सरुवा अझै गर्न सकेको छैन। ९ महिनाअघि मात्र एसपीको सरुवा निर्णय भएको थियो। आकस्मिक अवस्थामा बाहेक प्राय १ वर्षमा प्रहरीमा सबै पदको सरुवा हुँदै आए पनि एसएसपीको सरुवा रोकिएको २० महिना टेक्न लागिसक्यो।
पोस्टिङका लागि बढी प्रतिस्पर्धा हुने महानगरीय प्रहरी अपराध महाशाखा र काठमाडौं परिसर प्रमुखमा क्रमशः पुष्कर कार्की र उत्तम कार्की काज आइसकेका छन्। अञ्चल, क्षेत्र, विमानस्थल र विभागलगायतमा पोस्टिङका लागि त्यत्ति प्रतिस्पर्धा नभए पनि एसएसपीहरुको नियमित सरुवा निस्कन सकेको छैन।
प्रहरीमा रिक्त पद
डिआइजी १५
एसएसपी ६
एसपी ७
डिएसपी ३८
इन्सपेक्टर ८९
सई ४१३
असई १२९०
हवल्दार ६६९
प्रहरी जवान ३४४
कुल रिक्त दरबन्दी २,८७१

## |
0 comments:
...