### |
काठमाडौं : कक्षा १२ को नतिजा सार्वजनिक गर्न ढिलाइ भइरहेका बेला उच्च माध्यमिक शिक्षा परिषद्का दुई जिम्मेवार पदाधिकारी बिदामा बसेका छन्। परिषद्का सदस्यसचिव भीमलाल गुरुङ बिहीबारदेखि लागू हुने गरी बिदामा बसेका छन्। उनी असोज १२ गते सेवा निवृत्त हुँदैछन्।
त्यस्तै परिषद्का उपाध्यक्ष हेमकुमार मिश्रले पनि भदौ १५ गतेदेखि लागू हुने गरी बिदा स्वीकृतिका लागि शिक्षामन्त्री चित्रलेखा यादवसमक्ष निवेदन दिएका छन्। गुरुङले भने उपाध्यक्ष मिश्रबाट बिदा स्वीकृत गराइसकेका छन्।
उनले भने, 'सेवा निवृत्त हुनुभन्दा एक महिनाअघि बिदा बस्नु नैतिक हिसाबले पनि राम्रो हुने भएकाले बिदामा बसेको हुँ।' कक्षा १२ को नतिजा प्रकाशनका लागि परीक्षा महाशाखाबाट काम भइरहेकाले आफू बिदा बस्दैमा कुनै समस्या नपर्ने गुरुङको तर्क छ।
कर्मचारी आन्दोलनका कारण नतिजा प्रकाशनमा ढिलाइ भएको गुरुङले बताए। उपाध्यक्ष र सदस्यसचिवको कार्यकाल चार वर्षको हुन्छ। दुवैजना बिदा बस्ने भएपछि परिषद्को कार्यकारी भूमिका निर्वाह गरिरहेका गुरुङले कार्यालयका महत्त्वपूर्ण कागजपत्र सहसचिव तथा प्रवक्ता नारायण कोइरालालाई बुझाएका छन्।
कर्मचारी नियुक्ति, बढुवा, सम्बन्धनलगायत विषयमा अनियमितता भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार परिषद्का महत्त्वपूर्ण कागजपत्र कब्जामा लिएर अनुसन्धान गरिरहेको छ। नतिजा सार्वजनिक नगर्दै पदाधिकारीहरू बिदामा बस्नु अख्तियारले समाउला भन्ने डर मुख्य कारण भएको परिषद्का अन्य कर्मचारीको भनाइ छ।
परिषद् अहिले परीक्षा महाशाखाका निमित्त प्रमुख दुर्गा अर्याललाई सहसचिवमा बढुवा गर्ने विषयमा बढी विवादित छ। योग्यता नै नपुगेका अर्याललाई सदस्यसचिव गुरुङको संयोजकत्वमा रहेको बढुवा तथा नियुक्ति समितिले बोर्डलाई सिफारिस गरेपछि विवाद उत्पन्न भएको हो।
उक्त सिफारिसप्रति असहमति जनाउँदै एक महिनाअघि परिषद्का उपसचिवसहित २७ जनाले सामूहिक राजीनामा दिएका थिए। शिक्षामन्त्रीको अध्यक्षतामा रहने परिषद् बोर्डले अर्यालको बढुवा सिफारिस अनुमोदन गरेको छैन भने असन्तुष्ट कर्मचारीले दिएको राजीनामा पनि स्वीकृत गरेको छैन।
अख्तियारले यो विवादको फाइल पनि नियन्त्रणमा लिएको छ। परिषद्ले कक्षा १२ को परीक्षा गत वैशाखमा सञ्चालन गरेको थियो। परिषद्ले १२ को नतिजा सार्वजनिक नगर्दै त्रिभुवन विश्वविद्यालय तथा अन्य शैक्षिक संस्थाले स्नातक तहमा भर्नाका लागि प्रवेश परीक्षा लिइसकेका छन्।

## |
0 comments:
...