### |
काठमाडौं, साउन ३० – बाग्लुङकी संगीता गैरेले एक वर्ष अघि डोजर चलाउने तालिम लिन्छु भन्दा धेरैले यो बहुलाई अब भने ।
केहिले केटी भएर पनि ड्राइभर बन्छन् त भनेर परिवारलाई कुरा लगाए । ति भित्र पनि केहिचैं आँट दिने पनि हुन्थे । उनीहरुको भनाइ हुन्थ्यो, ‘केटी मान्छे भएर यस्तो काममा हात हाल्नु ठुलो साहस होे ।’
तर अहिले उहाँको काम देखेर धेरैजनाले संगीताले ठिक गरी भन्न थालेका छन् । संगीता भन्नुहुन्छ, ‘मान्छेहरुले भीडमा मलाई उल्लेख गरेर अहिले उसबाटै धेरैजनाले सिप सिक्दैछन् भन्ने कुराहरु गरेको सुन्न पाउँदा खुशी लाग्छ ।’ संगीता अहिले भक्तपुरको सानोठिमी प्राविधिक विद्यालयमा हेभि इक्विपमेन्टको प्रशिक्षक हुनुहुन्छ । नेपाली सेनामा प्राविधिकका रुपमा जागिर खाने सपना बोकेर डेढ वर्ष अघि उहाँले तालिम लिनुभएको थियो ।
सेनाको कम्ब्याट लाउने सपना त पूरा भएन तर देशभरबाट तालिम लिन आउने युवालाई सिकाउन पाइने नसोचेका सफलता भने उहाँको हात लागेको छ । अझ महिलाले पनि डोजर चलाउँछन् र भन्ने सामाजिक सोचाई फेर्न पनि संगीता सफल हुनुभएको छ ।
‘केटा मान्छेले गर्दैआएका काम केटी मान्छेले गर्न सक्दैन भन्ने मलाई कहिल्यै पनि लागेन । कतिलाई आँट हुँदैन । कतिलाई केटी मान्छे ड्राइभर बन्न हुँदैन,’ उहाँ भन्नुहुन्छ, ‘जे पनि खानुपर्छ, जहाँ पनि जानुपर्छ भनेर घरपरिवारको सहयोग हुँदैन । तर मलार्ई भने परिवारको साथ र सहयोग सधैं रहिरह्यो ।’
जस्तोसुकै काम गर्न महिला सक्षम छन् भन्ने अर्को एक उदाहरणका रुपमा लिन सकिन्छ सर्लाहीकी मुना अधिकारीलाई । उहाँले २०६८ सालमा तीन महिने अटोमोवाइल मेकानिकल र ड्राइभिङको तालिम लिनुभयो । परिवारको सहयोग र श्रीमानको भरथेग पाएपछि उहाँलाई तालिम लिन र त्यसपछि काम गर्न कुनै समस्या आएन । त्यहि सहयोगले चाँडै सफलता पनि पाउनुभयो ।
उहाँसँग तालिम लिन महिनामा ३० देखि ४० जनासम्म विद्यार्थी हुन्छन् । ड्राइभिङको प्रशिक्षकमा महिलानै छन् भन्ने थाहा पाएर सिक्न आउने महिलाको संख्या पनि धेरै छ । मुना भन्नुहुन्छ, ‘तालिम लिन आएका युवाहरुले अरु संस्थामा हामीले कहिँपनि महिला प्रशिक्षक देखेका छैनौं, यहाँ तपाईंले राम्रो सिकाउनु हुँदो रहेछ भन्नुहुन्छ ।’
फिल्डमा काम गर्नै अप्ठेरो
तर दुःखको कुरा फिल्डमा अझैपनि काम गर्ने वातावरण छैन । पाँच महिना काम गर्नका लागि भैरहवा पुग्नुभएकी संगीतालाई काम गर्न नसकेको अनुभव रह्यो । महिलाले डोजर चलाएको भन्दै हेर्न आउनेको भीड र समाजको व्यबहार त्यति चित्तबुझ्दो लागेन उहाँलाई । हेल्पर केटानैं हुन्छ, त्यसमाथि फिल्डमा त्यति सुरक्षित हुन सकिनेरैनछ भन्ने उहाँको अनुभव रह्यो ।
महिलाले चलाएको गाडी देखेपछि पुरुषले पेल्न खोज्दारैछन् भन्नुहुन्छ मुना । उहाँको अनुभवमा पुरुषहरुमा महिलालाई कसरि ओभरटेक गरौं, कसरि अप्ठेरो बनाऔं भन्ने सोचाइ हुँदोरहेछ । मुना भन्नुहुन्छ, ‘उहाँहरुले त हाम्रा दिदीबहिनिहरुले पनि गाडी चलाउनुहुँदोरैछ भनेर सम्मान गर्नुपर्ने हो ।

## |
0 comments:
...