### |
तीन दिनमा १८ को मृत्यु, २२ भन्दा बढी बेपत्ता
३० साउन, काठमाडौं । तीन दिनयता लगातार परेको पानीले देशका विभिन्न भागमा दर्जन बढी नागरिकको ज्यान लिएको छ । बाढी र पहिरोले बुधबारदेखि शुक्रबार दिउँसोसम्म देशभरि १८ जनाको ज्यान लिइसकेको छ भने २२ भन्दा बढी बेपत्ता भएका छन् । देशभरिबाट हजारौं विस्थापित बनेका छन् ।
१. चितवन : शक्तिखोरमा तीनको मृत्यु
चितवनको नारायणी नदीमा आएको बाढीले आतंक मच्चाएको छ । वर्षासँगै आएको बाढीले चितवनका धेरै स्थान डुबानमा परेका छन् ।
पहिरोले पुर्दा चितवनको शक्तिखोर गाविसकी २२ वर्षीया गर्भवती रेणुका चेपाङको मृत्यु भएको छ । बारीमा काम गरिरहेकी उनलाई पहिरोले पुरेको थियो ।
शक्तिखोर गाविस-८ कै च्याङ्बा प्रजाको बाढीले बगाएर मृत्यु भएको छ । बाढी आएका बेला स्थानीय कयर खोला तर्ने क्रममा खोलाले बगाएर प्रजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
यसअघि पनि बाढीले चितवनमा गत असारमा स्थानीय बाँदरमुढे खोलाले बगाउँदा इशारा विकले ज्यान गुमाएकी थिइन् ।
नारायणी नदीमा पानीको वहाव बढेपछि खतराको घण्टी बजाइएको छ । मेघौली, गुञ्जनगर लगायतका गाविसमा सतर्कता अपनाउन प्रशासनले भनेको छ ।
२. दाङ : तीनको मृत्यु, दुई बेपत्ता
दाङमा बाढीले बगाउँदा एक महिलाको मृत्यु भएको छ । बबई नदीको बाढीले बगाएर डुरुवा गाविस-१ की उर्मिला भुजेल खत्रीले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । बाढीले उर्मिलाकी आमा नमकुमारीसँगै बहिनीलाई पनि बगाएर बेपत्ता बनाएको छ । नमकुमारी र उनकी छोरी ९ वर्षीय लीला भुजेल खत्री बेपत्ता भएका हुन् ।
बबई नदीमा आएको बाढीले बगाएर दाङको उत्तरी उरहरी गाविसबाट दम्पत्तिको मृत्यु भएको छ । उनीहरुलाई बबई नदीमा उर्लेको बाढीले घरैबाट बगाएको थियो । दुबैजनाको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ ।
३. बर्दिया : १३ बेपत्ता
बर्दियामा लगातारको वषर्ातपछि उर्लेका कणर्ाली र बबई नदीले बगाउँदा १३ जना बेपत्ता भएको खबर छ । दुई ठूला नदीको बाढीले बर्दियका अधिकांश गाविसका बस्ती डुबानमा परेका छन् । गाउँमा पसेको बबई नदीले १२ जनालाई बेपत्ता बनाएको हो ।
४. डढेलधुरा : तीन बालिका बेपत्ता
सुदूरपश्चिमको पहाडी जिल्ला डढेल्धुरामा बाढीले बगाउँदा तीनजना बालिका बेपत्ता भएका छन् । विद्यालय जाँदै गर्दा असीग्राम गाविस-८ का १६ वर्षीया मञ्जु देउवा, १५ वर्षीया सावित्री देउवा र भागिरथी देउवालाई रुवाखोलाले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयले जानकारी दियो । तीनैजना स्थानीय असीग्राम उच्च माविमा कक्षा ९ मा अध्ययनरत थिए ।
५. नवलपरासी : एकको मृत्यु
नवलपरासीको पहाडी गाउँ नरममा शुक्रबार बिहान खसेको पहिरोले पुरेर नरम गाविस-४ निवासी रेखीमाया माकिम मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
६. खोटाङ : एकको मृत्यु, घाइते अलपत्र
खोटाङको उत्तरी फेदी गाविसमा मंगलबार राति गएको पहिरोले एकजनाको ज्यान लिएको छ । मध्यराति झरेको पहिरोले पुरेर फेदी गाविस-५ बस्ने स्थानीय पञ्चमी छमुवा खोलास्थित लघुजलविद्युत्त आयोजनाका प्राविधिक ३५ वर्षीय अष्टबहादुर राईको मृत्यु भएको हो । पहिरोमा परी सोही स्थानका २९ वर्षीय प्रवीण राई घाइते भएका छन् । पहिरोले पञ्चमी छमुवा खोलामा रहेको ३९ किलोवाटको विद्युत्तगृहसमेत पुरेको छ ।
पहिरोले घर पुर्दा खोटाङकै जाल्पा गाविस-४ की ४५ वर्षीया असारी विश्वकर्मा गम्भीर घाइते भएकी छन् । उनको दाहिने खुट्टा भाँचिएको छ । खोटाङमा उपचार हुन नसकेपछि काठमाडौं ल्याउन पहल भए पनि रकम अभावका कारण उनको जीवन जोखिममा परेको छ ।
७. मोरङ : तुर्के र चिसाङले २ जनालाई बगायो
मोरङ जिल्लामा बाढीले बगाएर दुईजनाको ज्यान गएको छ । बाढी आएका बेला स्थानीय तुर्के खोला तर्ने क्रममा मोरङको लेटाङ गाविस-८ का ३६ वर्षीय कर्णबहादुर केप्छालाई खोलाले बगाउँदा उनको मृत्यु भएको छ ।
त्यस्तै बाढी आएका बेला चिसाङ खोला तर्ने क्रममा मोरङको वारंगी गाविस-८ का खड्गबहादुर लिम्बूलाई पनि खोलाले बगाएको छ ।
८. उदयपुर : खोलाले बगाउँदा दुईको मृत्यु
उदयपुरमा बाढी उर्लेका बेला खोलाले बगाउँदा दुईजनाले ज्यान गुमाएका छन् । बेलटार बसाहा-२ मा द्वार खोलाले बगाउँदा इलामको फाकफोक गाविसका ४३ वर्षीय भानुभक्त राईको ज्यान गएको हो । त्यस्तै खोलाले बगाएर त्रियुगा नगरपालिका-३ मा बस्दै आएका सिरहाको विष्णुपुर गाविस-३ घर भएका मोहन राईको ज्यान गएको छ ।
९. सिरहा : कमला नदीमा एक बेपत्ता
सिरहामा कमला नदीको तटबन्ध फुटेर आएको बाढीले एक जनालाई बगाएको छ । खेतमा बाली रुँगेर बसेको अवस्थामा भोक्राहा गाविस-९ का भिखारी महरालाई बाढीले बगाएर बेपत्ता बनाएको हो । उनीसँगै सुतेका चारजना साथीहरुले भने पौडिएर ज्यान बचाएका छन् ।
१० सिन्धुली : बगेर एकको मृत्यु
सिन्धुलीमा बुधबार साँझ कमला नदी तर्ने क्रममा बाढीले हत्पते गाविस-७ का ६२ वर्षीय भक्तबहादुर श्रेष्ठलाई बगाएको छ । गाउँबाट छिमेकी गाविस निपानेतर्फ जाँदै गरेका श्रेष्ठलाई नदीले बगाएपछि उनको शव बिहीबार दिउँसो भेटिएको हो ।
११. धनुषा : एकको मृत्यु, एक बेपत्ता
धनुषा पनि बाढीको चपेटामा परेको छ । बाढीले बगाउँदा धनुषाका एकजनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् । सिन्दुरी खोलाले बगाउँदा तुलसी गाविस-२ निवासी ४१ वर्षीय गोपाल भित्रीकोटीको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारी अनुसार बलुवा खोलामा आएको बाढीले बगाउँदा ५५ वर्षीय मगर बुढा बेपत्ता भएका छन् । उनको खोजी भइरहेको प्रहरीको भनाइ छ ।
१२. मकवानपुर : एकको मृत्यु
मकवानपुरको कुलेखानी गाविसमा शुक्रबार बिहान बगाउँदा कुलेखानी गाविस-५ किटेनीका ४२ वर्षीय राजु थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
१३. रुकुम : पहिरोले तीनको मृत्यु
लगातारको वर्षासँगै खसेको पहिरोले रुकुमका दुई स्थानमा तीनजनाको मृत्यू भएको छ । जिल्लाको चुनवाङ्ग गाविस-८ सिनचौरका नन्दराम घर्तीको घर विहीबार राति पहिरोले पुर्दा ७ वर्षीय विजय घर्ती र १० वर्षीया विमला घर्तीको मृत्यु भएको हो । पहिरोमा परी १४ वर्षीया पूर्णिमा घर्ती र रुकुमकोटबाट पाहुना आएकी ६ वर्षीया कमला मल्ल घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुमका डीएसपी गौतमराज कट्टेलले जानकारी दिए ।
त्यस्तै स्यालापाखा गाविस-१ बतासेडाँडाका हिरालाल बस्यालको घर बिहीबार राति पहिरोले पुर्दा उनकी छोरी १० वर्षीय कल्पना बस्यालको ज्यान गएको छ । पहिरोमा परी हिरालालका ५ वर्षीय छोरा प्रकाश बस्याल घाइते भएका छन् ।
१४. ललितपुर : दुईको मृत्यु
पहिरोले पुरेर बिहीबार दिउँसो ललितपुरको कालेश्वर गाविसमा २ जनाले ज्यान गुमाएका छन् । भल फर्काउने क्रममा कालेश्वर गाविस-२ का १८ वर्षीय कालेश्वर घलान र १८ वर्षीया ललिता घलानलाई पहिरोले पुर्दा घटनास्थलमै मृत्य भएको हो ।
ललितपुरकै भट्टेडाँडा तीनपाने भञ्ज्याङ्गको गि्रनचुलीमा ठाडोखोला तर्ने क्रममा उर्लेको खहरेले बगाउँदा २५ वर्षीय दीपक लोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ ।
भिडियो

## |
0 comments:
...