### |
नयाँ दिल्ली, श्रावण ३० - भारतको ६८ औं स्वतन्त्रता दिवसका अवसरमा सम्बोधन व्यक्त गर्ने क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले ‘आन्तरिक द्वन्द्वलाई सहजै सुल्झाउन सकिने मामलामा नेपालबाट विश्व समुदायले सिक्न सक्ने’ भन्दै नेपालको शान्ती प्रकृयाको खुलेर सहअना गरेका छन् ।
लालकिल्लामा आयोजित विशिष्ट समारोहमाझ प्रधानमन्त्री मोदीले ‘बुद्धभूमी नेपाल’को सम्बोधनसँगै युद्धबाट बुद्ध र शस्त्रबाट शाश्त्रमा रुपान्तरित राजनीतिक दलको सन्दर्भ उल्लेख गरेका थिए ।
‘भगवान बुद्धको भूमी नेपालले आन्तरिक द्वन्द्वलाई सुल्झाउनमा पाएको सफलतालाई भारतले पनि सिक्न सक्नुपर्छ,’मोदीले आफ्नो सम्बोधनमा भने ।
प्रधानमन्त्री मोदीको सम्बोधनपछि समारोहमा उपस्थित कार्यबाहक राजदूत कृष्णप्रसाद ढकाललाई ‘नेपालको शान्ती प्रकृयाको सफलता सन्देशप्रति’ विभिन्न कुटनीतिक नियोगका प्रमुखहरुले बधाई ज्ञापन गरेका थिए ।

## |
0 comments:
...