### |
३० साउन, मलेसिया । पछिल्लो सातामा मलेसियामा ८ नेपालीले अकालमा ज्यान गुमाएका छन् भने केहीले आत्महत्या गरेका छन् । मलेसियामा काम गर्दागर्दै रहस्यमय तरिकाले मृत्यु हुने क्रमसमेत बढेको छ ।
देशमा काम नपाएपछि समृद्ध जीवनको सपना देखेर विदेश जाने युवाहरु संघर्षको जीवनदेखि नै थाकेर आत्महत्या गर्न थालेका छन् ।
अज्ञात रोग र मानसिक समस्याका कारण ज्यान गुमाउनेको संख्या मलेसियामा बढ्न थालेको छ ।
तीन भाइ आफैं गए
जोहोरवारुको तामान स्टुमेवामा रहेको जेवसेन ईन्भेन्स कम्पनीमा कार्यरत झापा बुधबारे गोस्लाङ घर भएका कृष्ण दाहालले आत्महत्या गरे । कोही नभएको मौका पारेर विहीबार साँझ बाथरुमको सिलिङमाथि पानी ट्याङ्कीको रडमा सल प्रयोग गरेर दाहालले आत्महत्या गरेका हुन् ।
दाहालले कम्पनीको म्यानेजरसँग घर र्फकनका लागि अनुरोध गरेका थिए । कम्पनीले एक हप्ता पछाडि पठाउने वचन दिएको थियो । दाहालको मानसिक सन्तुलन ठीक नभएकाले आत्महत्या गरेको उनका साथीहरुको ठम्याइ छ । अविवाहित दाहाल परिवारका कान्छा छोरा हुन् ।
त्यस्तै नवलपरासी जिल्ला मार्कर गाविस वडा नं १ घर भएका वुद्धनारायण थारुले तीन तल्लाबाट हाम्फालेर आमहत्या गरेका छन् । दुई वर्षदेखि जोहोरवारुको तामान गम्भिरामा आटा कम्पनीमा कार्यरत थारुले आफैं बस्ने होस्टल जोहोरको तिब्राउमा रहेको न्यू होस्टलको घरबाट हाम्फालेका हुन् । थारुले आत्महत्या गर्नुपूर्व साथीहरुसँग घरायसी समस्या देखाउँदै कसैले विष नै दिए पनि पिइदिने भनेका थिए । उनको परिवारमा श्रीमती, एक छोरा, दुई छोरी र सौतेनी आमासमेत रहेका छन् ।
जीवनदेखि थाकेर आत्महत्या गर्ने क्रम यसबाट पनि रोकिएन । मलेसियाको पासिर गुडाङमै सोलुखुम्वु जिल्ला कांगेल गाविस वडा न १ घर भएका शिवकुमार बस्नेतले आत्महत्या गरेका छन् । २० महिना अगाडिदेखि उनी इभरगि्रन हेवि इण्डष्ट्रियल कम्पनी पासिर गुडाङमा कार्यरत थिए । । उनको परिवारमा वुवा, दाजु श्रीमती र एक छोरी छन् ।
अस्पताललै पुग्न नपाई मृत्यु
मलेसियामा रोजगारीका लागि आएका वीरवहादुर रुम्बाको शुक्रबार विहान अचानक मृत्यु भयो । रसुवा जिल्ला श्रमथली गाविस वडा न ६ चिलाउने गाउँका रुम्वा राति एक बजेसम्म परिवारसँग फोनमा कुरा गरिरहेका थिए ।
जोहोरको कुलाइजयामा रहेको युनाईटेड कम्पनीमा कार्यरत रुम्वा राति करीव तीन बजेतिर हात खुटटा चल्न छाडेपछि चिच्याएका थिए । सोही कम्पनीमा कार्यरत उनका दाइ लालकाजीले उठेर भाइका हात खुट्टा तन्काई दिएर अस्पतालमा लैजाँदै गर्दा बाटैमा उनको ज्यान गएको हो ।
उनको शव पोस्टमार्टमका लागि स्थानीय कुलाइजया अस्पतालमा राखिएको छ । रुम्बा वैदेशिक रोजगारीका लागि पाँच वर्षदेखि मलेसियामा रहेको भए पनि केही महिना अगाडि मात्रै विदामा घर गएर फर्किएका थिए ।
दुर्घटनाको काल
सडक दुर्घटनामा पनि यो साता मलेसियामा कम्तिमा ३ नेपालीको ज्यान गयो । जोहोरबारुमा एक नेपालीको घटनास्थलमै मृत्यु भएको छ । बुधबार राति करीव ८ बजेतिर सडक पार गर्ने क्रममा कारले ठक्कर दिँदा मोरङका २२ वषर्ीय इन्द्रबहादुर तामाङको मृत्यु भएको हो ।
रात्रीकालीन ड्युटीका लागि कम्पनीतर्फ जाँदै गर्दा जोहोरको तामानमेवामा उनलाई कारले ठक्कर दिएको थियो । उनी पेकननासमा रहेको सिमानो कम्पनीमा कार्यरत रहेका थिए । तामाङ २२ महिना अगाडि मात्रै रोजगारीका लागि उनी मलेसिया आएका थिए । त्यस्तै सडक दुर्घटनामा परी मलेसियामा एकै कम्पनीमा कार्यरत दुई नेपालीको घटनास्थलमै मृत्यु भएको छ । पाँचथर जिल्ला नामीडाँडा गाविस वडा नं ७ भोगटेनी घर भएका अन्दाजी ४२ वर्षका रामकुमार तामाङ र सप्तरी जिल्ला प्रासवानी ३ घर भएका अन्दाजी ३५ वर्षका शिवकुमार सरदारको पेनाङमा भएको सडक दुर्घटनामा घटनास्थलमै ज्यान गएको हो ।
दुबैजना पेनाङको सिम्पाङ अम्पात वुकित तामुनमा रहेको रिनाइसेन्स प्लाटर बोर्ड कम्पनीमा कार्यरत थिए । ताम्वुन भन्ने स्थानमा आईपुग्दा तिव्र गतिमा आएको कारले ठक्कर दिँदा दुवैजनाको घटनास्थलमै ज्यान गएको हो । तामाङ ६ वर्षदेखि र सरदार ९ महिना अगाडि मात्रै रोजगारीको सिलसिलामा मलेसियामा आएको सोही कम्पनीमा कार्यरत सीताराम भटटराईले बताए ।
अज्ञात रोगले लग्यो
तीन महिना अगाडि मलेसियाको मिलेनियम सेक्युरिटी कम्पनीमा आएका जयराम भण्डारीको पनि ५ दिनअघि जोहोरबारुको पासिर गुडाङ्गमा मुत्यु भएको छ । भण्डारी कम्पनीको गेट बन्द गर्ने बेलामा पेट दुख्यो भनेर छट्पटाएका थिए ।
जयरामको होष्टलमै ज्यान गएको उनीसँगै कार्यरत प्रेम पोखरेलले बताए । कम्पनीले २ महिनादेखि तलब नदिएकाले साथीहरुसँग पनि पैसा नभएका कारण अस्पताल पुग्न नपाई जयरामले ज्यान गुमाउनु परेको कुमार क्षेत्रीले बताए । मृतक जयरामको घरमा आमा र श्रीमती ३ छोराछोरी छन् । उनी कैलाली ४ का स्थायी बासिन्दा हुन् ।

## |
0 comments:
...